फ्रेञ्चाइज लिगमा व्यवसायिक घरानाको इन्ट्री
नुवाकोट । व्यवसाय बढाउने अनेकन तरिका हुन्छन् । व्यवसायीले पक्कै पनि त्यसमा ध्यान दिएका नै हुन्छन् ।
संसारभर नै व्यवसाय विस्तारका अनेकन उपाय अपनाइन्छन् । भारतको कुरा गर्ने हो भने प्रमुख रुपमा तीवटा विषय बढी बिक्री हुन्छन् । क्रिकेट, सिनेमा र क्राइम । क्रिकेटमा पैसा लगानी गर्ने जमात पनि ठूलै छ । इन्डियन प्रिमियर लिग (आइपिएल) का व्यवसायीक लगानी गर्ने समूह ठूलो छ ।
यसलाई व्यवसायको एउटा हिस्साको रुपमा नै अगाडि बढाइएको छ । यूरोपेली फुटबल क्लबमा समेत राम्रै लगानी हुने गरेको छ । बढी भन्दा बढी मानिसको जहाँ नजर पर्छ, त्यहाँ लगानी गर्नेको जमात उत्तिकै हुन्छ । बजारशास्त्रले भन्छ, व्यापारमा नाफा चाहिन्छ, जहाँ नाफा हुन्छ र बजार विस्तार हुन्छ, त्यहाँ लगानी जरुर नै गरिन्छ ।
नेपालमा पनि विगतमा छिटफुट रुपमा फुटबलमा लगानी भएकै थियो । चौधरी समूहको वाइवाइ, एशियन थाइ फुड, रारा तथा आहाका नाममा भएका लगानी नेपाली खेलप्रेमीले भूलेका छैनन् ।
यस्तै नेपाल टेलिकम, नेपाल आयल निगम जस्ता संस्थाले पनि खेल क्षेत्रमा लगानी गरेका थिए । अनेकन रुपमा गरिएका लगानीले नेपालको खेलकूद क्षेत्रलाई व्यवसायिक बनाउन सहयोग गरेको सन्दर्भमा पछिल्लो पटक व्यवसायिक घराना क्लब नै बनाएर लगानीका लागि मैदानमा ओर्लिएका छन् ।
नेपाल सुगर लिगको नाममा व्यवसायीक घराना खेलकूद क्षेत्रमा लगानी गर्न तयार भएका छन् । यो नेपालका लागि व्यवसाय विस्तार खेलकूद क्षेत्रको व्यवसायिककरणका लागि महत्वपूर्ण मानिएको छ ।
विगतमा वाइवाइ चाउचाउको प्रायोजन गरेको जर्सी लगाएर मैदानमा उत्रने खेलाडी अब भने व्यवसायिक घरानाकै नाममा क्लब नै बनाएर खेल्न तयार भएका छन् । यसको केन्द्रमा फेरि पनि चौधरी समूह नै छ ।
नेपाल सुपर लिगको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको मालिकमा चौधरी समूह नै छ ।
विगतमा प्रायोजनमात्रै गर्ने सो समूह यसपटक लिग व्यवस्थापनको जिम्मा लिएको छ ।
फ्रेञ्चाइजका लागि नेपाल ल्याउने काममा सो समूह लाग्यो । र, तयार भयो ७ वटा क्लब । ती क्लबलाई नेपालका प्रतिष्ठित घरानाले एक आपसमा मिलेर नेतृत्व लिएका छन् र लगानी पनि गर्ने भएका छन् ।
त्यसको पछाडि व्यवसाय विस्तार नै उनीहरुको केन्द्रमा रहेको छ । नेपाल स्पोटर्स म्यानेजमेन्टले लिगको व्यवस्थापन गर्ने भएको छ ।
व्यवसाय बिस्तारका साथ अगाडि बढाउन लागिएको नेपाल सुपर लिगको रमाइलो प्रसंग भने अर्को छ । व्यवसायिक घरानाले आफनो दोस्रो पुस्तालाई लिगमार्फत् मैदानमा उतारेको छ ।
नेपाल फुटबल संघ (एन्फा) र चौधरी ग्रुपले नेपालमा पहिलो फ्रेञ्चाइज लिग खेलाउने भएको छ । युवा खेलाडीको विकास तथा व्यवसायिक बिस्तारका लागि लिग महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।
नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्टको नेतृत्व भने चौधरी समूहका निर्वाण चौधरीकी श्रीमती अश्वेरिता कार्की चौधरीले लिएकी छिन् ।
आगामी वैशाख ११ गतेदेखि नेपालमा पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगिताका लागि ७ वटा टोलीको बोलकबोलमार्फत् खेलाडी छनोट भइसकेका छन् ।
अघिल्लो वर्ष नै नेपाल सुपर लिग गर्न खोजिएको थियो । कोरोनाका कारणले गत वर्ष सम्भव हुन नसकेको आयोजकहरुको दावी छ । यसपटक कोरोनाको त्रास कम भएकाले पनि गत शुक्रबार खेलाडीको अक्सन गरिएको थियो ।
फुटबललाई व्यसायिक रुप दिने लक्ष्यका साथ व्यवसायीक घराना लागिपरेका हुन् । विराटनगर सिटी फुटबल क्लबको नेतृत्वमा छन्, अनुपरञ्जन भट्टराई । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक रहेका उनले फ्रेञ्चाइज लिगमा आफनो सशक्त उपस्थिती देखाउने तयारी गरेका छन् ।
गेम अन प्रालि नाम दिएर आइएमई समूह एफसी चितवन टोलीका साथ मैदानमा उत्रने तयारीमा छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई समूहका अध्यक्ष समेत रहेका चन्दप्रसाद ढकालले छोरा सचिनलाई गेम अन प्रालिका माध्यमबाट खेलकूदसँग जोड्दै व्यवसाय बिस्तार गर्न लागेका हुन् ।
ग्लोबल आइएमइ बैंक, चन्द्रागिरी हिल्स, आइएमई रेमिट्यान्स तथा डिस होमलगायतका व्यवसाय चलाइरहेका ढकालले छोरा सचिनलाई उनकै चाहनामा क्लब खडा गरेका हुन् । एक साता पहिले नै क्लबको लोगो तथा नाम सार्वजनिक भइसकेको छ ।
सो कार्यक्रममा ढकाल उपस्थित भएर नेपाल सुगर लिगको कप आफनो पोल्टामा आउने सन्देश दिएका थिए । चितवन एफसीले अक्सनबाट खेलाडी छनोट तथा प्रशिक्षकलाई समेत अनुबन्ध गरिसकेको छ । त्यसका लागि उसले २० लाख बढी खर्च गरिसकेको जनाएको छ । महंगो मूल्य तिरेर भएर पनि विदेशी खेलाडी समेत भित्र्याउने क्लबको तयारी छ ।
यस्तै यामाहा मोटरले पनि काठमाडौं रेजर्स एफसी नाम दिएर फ्रेञ्चाइज लिगमा पाइला हाल्दैछ । सो क्लबमा लगानी गर्न लागेका व्यवसायी हुन् विष्णुकुमार अग्रवाल ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रवाल यामाहा, स्कोडा, जेसिबी र इस्कोर्टलगायतका ब्राण्डमा आवद्ध छन् ।
सोही संस्थाको सहायक संस्थाको रुपमा रहेको यामाहा मोरङ अटोका प्रमसख कार्यकारी अधिकृत रहेका चिरञ्जीवि शाहको नेतृत्वमा काठमाडौं रेजर्स एफससी फ्रेञ्चाइज लिगमा प्रवेश गर्दैछ ।
लिगका लागि मार्की र प्रशिक्षक एवम् अन्य खेलाडीका लागि ३० लाख बराबरको खर्च गरिसकेको छ । फुटबल टोलीका राष्ट्रिय प्रशिक्षक रहेका बालगोपाल महर्जनलाई सो क्लबले प्रमुख प्रशक्षिक बनाएको छ ।
देशभर नै भाटभटेनीको नाममा सपिङ मलको बिस्तार गर्दै आएका व्यवसायी मीनबहादुर गुरुङले छोरी कामनालाई ललितपुर सिटी एफसीको नाममा फ्रेञ्चाइज लिगमा हात हालेको छ ।
देशभर १८ वटा सपिङ मल चलाएको भाटभटेनीले खेलाडीलाई ५ लाखसम्म पारिश्रमिक दिने जनाएको छ । मार्की खेलाडीका रुपमा रहेका अञ्जन विस्टलाई नै सो क्लबले ५ लाखमा अनुबन्ध गरेको छ । गत सोमबार सो क्लबले जर्सी र क्लबको लोगो समेत सार्वजनिक गरेको छ ।
यस्तै, हुन्डाई अटोमोबाइल, लक्ष्मी स्टिल, सुजल डेरी, समृद्धि स्टिल, सुजल फुड्सलगायतको व्यवसाय गरिरहेको लक्ष्मी समूहले पोखरा थन्डर्सको नाममा फ्रेञ्चाइज लिग खेल्नेछ ।
व्यवसायी गणेशबहादुर श्रेष्ठका छोरा निराकर श्रेष्ठले सो क्लबको नेतृत्व गर्नेछन् । श्रेष्ठ सो समूहको कार्यकारी निर्देशक समेत हुन् ।
व्यवसायमा पोखराबाट उदाएकाले क्लबको नाम समेत पोखरासँग नै जोडेर राखेको सो समूहको दावी छ । विगतमा पनि विभिन्न खेलकूदमा लगानी गरेको सो समूहले पोखरा कप र ए डिभिजन लिगमा समेत पटक पटक प्रायोजन गरिसकेको छ ।
व्यवसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठ फुटवलमा क्लबलाई गर्ने स्पोन्सरबाट व्यवसायिकता बढाउन लगानी गरेको बताउँछन् ।
‘फुटवलमा हाम्रो पहिलदेखिकै रुची हो,हामीले १० वर्षसम्म क्लबलाई स्पोन्सर गर्यौ, खेलमा व्यवसायिकता बढाउनको लागि अहिले गरिएको लगानी हो,’श्रेष्ठले भने ।
भारतको आइपीएलको उदाहरण दिदै श्रेष्ठले व्यवसायिक ग्रुपको प्रवेशले खेलकुदमा लाग्नेलाई हौसला बढ्ने आम्दानी हुँदा यसलाई करिअर बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्ने बताए ।
यस्तै बुटवल लुम्बिनी एफसीलाई इभेन्ट कोड र धनगढी एफसी समेत व्यवसायिक रुपमा मैदानमा उत्रिएको छ । इभेन्ट कोडका अध्यक्ष रामप्रसाद तिमिल्सिना वित्तीय तथा बीमा क्षेत्रको प्रतिनिधित्व गर्छन् ।
नेपालमा फ्रेञ्चाइज क्रिकेट ल्याउने श्रेय पाएका सुवास शाहीले धनगढी एफसीको नाममा मैदानमा उत्रिएका छन् ।
नेपाली फुटबलको व्यवसायिक बिस्तार गर्ने र आफनो मातृ व्यवसायलाई समेत अर्को उचाईमा लेजाने ध्येयका साथ व्यवसायिक घराना फ्रेञ्चाइज लिग नेपाल सुपर लिगमा लागेको छ । यसले व्यवसायिक प्रबद्र्धनका अलावा खेल क्षेत्रमा समेत नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया