कांग्रेसद्वारा आकस्मिक बैठक आह्वान

विदुर खबर २०७७ चैत १४ गते ९:४८

नुवाकोट । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

Advertisement

नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मस्तिष्क घात भएपछि गत फागुन १४ गते उनलाई नर्भिकमा भर्ना गरिएको थियो ।

उनको शव अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यस्तै, जोशीको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

Advertisement

प्रतिक्रिया