रसुवामा आँखा शिविरबाट ६८ जनाको उपचार
रसुवा । जिल्लाको कालिका गाउँपालिकामा रहेको कालिकास्थान मा चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले उपचार पाए एक जनाको मासु पलाएको शल्यक्रिया भएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान,जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाईटी रसुवा जिल्ला शाखाको आयोजना मा कालिका गाउँपालिका कालिका र युवा क्लव हाई कम्स नेपाल ग्लोबल आइएमई बैंक धुन्चे र नौकुण्ड शाखाको समन्वयमा मोतिविन्दु भएका र एक जना को आँखामा मासु पलाएको शल्यक्रिया गरिएको बताइएको छ ।
मोतिविन्दु शिविरका लागी तिलगंगा आँखा अस्पताल का वरिष्ठ चिकित्सक डा.रोहित सैजुले उपचार गर्नुभएको थियो ।२०६३ सालमा रसुवा जिल्लामा स्थापना भएको सामुदायिक आँखा केन्द्र ले जिल्ला भित्रका कुना काप्चा र पायक पर्ने ठाउँहरुमा गई हरेक वर्ष शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको डा.सुपेन्द्र ताम्राकारले बताउनु भयो ।
दुरदराजमा रहेका ग्रामिण वस्ती का आम नागरिकहरुलाई सहज वातावरण मा आँखाको चेक जाँच गरि आफ्नै घर आँगनमा विशेषज्ञ टोलि मार्फत उपचार गराई लामो यात्रा गरिरहनु नपर्ने र भएर बेला बेला मा यस्तै शिविर मार्फत आँखा को उपचार निशुल्क गरेपछि खर्च कम लाग्ने काठमाण्डौ तथा त्रिशुली जान नपरे पनि आर्थिक भार कम हुने नागरिक समाज तथा रेडक्रस सोसाईटी रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया