दुप्चेश्वर गाउँपालिकाद्धारा खेलाडीहरुलाई सम्मान

विदुर खबर २०७७ चैत ४ गते १३:२३

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले पन्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिताको विजेता र चौथो दुप्चेश्वर भलिवल प्रतियोगिताको उपविजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।

Advertisement

पन्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा विजेता तथा दुपचेश्वर कपमा उपविजेता बन्न सफल प्रत्येक खेलाडीहरुलाई गाउँपालिकाले नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

दबै प्रतियोगितामा उत्कृष्ठ नजिता हासिल गरेका खेलाडीहरुलाई हौसलासहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । गाउँपालिकाका खेलाडीहरुको आत्मवल बढाउन सम्मान गरेका हो तामाङले भने ।

Advertisement

दुप्चेश्वर गाउँपालिकाका खेलाडीहरुले पन्चकन्या गाउँपालिकाको आयोजनामा भएको दोस्रो पन्चकन्या चेयरमेन भलिवल प्रतियोगितामा प्रथम भई एकलाख रुपैयाँ र दुप्चेश्वर गाउँपालिकाद्धारा आयोजित चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगितामा उपविजेता भई ५० हजार रुपैयाँ हात पारेका थिए ।

गाउँपालिकाले गरेको सम्मानबाट आफुहरुको आत्मवल बढेको खेलाडीहरुले बताएका छन् ।

Advertisement

प्रतिक्रिया