रसुवामा नेकपा एमालेको बोर्ड राखियो
विदुर खबर
२०७७ फागुन २९ गते २१:००
रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफ्नो कार्यालयमा बोर्ड राखेको छ ।
केही वर्ष अगाडि सदरमुकाम धुन्चेमा निर्माण गरिएको भवनमा एमालेले बिहीबार बोर्ड राखेको हो । नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले पार्टी कार्यालयको उद्घाटन गर्नुका साथै पार्टीको बोर्ड राखेका छन् ।
एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालय सञ्चालनमा आएको थिएन । सर्वोच्च अदालतको फैसला आएसँगै पार्टीले आफ्नै भवन सञ्चालनमा ल्याएको हो । उनी साविकको एमाले भएका बेला पनि अध्यक्ष थिए भने नेकपामा पनि उनी अध्यक्ष नै यथावत थिए ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका आगामी गतिविधिलाई थप सक्रिय बनाइने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया