बाग्मति प्रदेशस्तरीय लिगको उपाधि धादिङलाई

विदुर खबर २०७७ फागुन १४ गते १९:०७

नुवाकोट । नुवाकोटको वट्टारमा सन्चालित अन्तर बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रतियोगितामा प्रतिस्पर्धी काठमाडौलाई हराउंदै धादिङले उपाध उचालेको छ ।

Advertisement

अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनामा गत विहीवारदेखि सन्चालित प्रतियोगिताका फाइनल खेलमा प्रतिस्पर्धी काठमाडौलाई शुन्यका विरुद्ध एक गोलले पराजीत गर्दै धादिङले नगद पांच लाख रुपैयाका साथ उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा उपाधी विजेता धादिङका रवि भण्डारीले सर्वोत्कृष्ट खेलाडीको उपाधीका साथ नगद ५० हजार रुपैया पुरस्कार थापे ।

निकै आकर्षक, प्रतिस्पर्धात्मक र आक्रमक खेलमा धादिङका जर्सि नं. ७ का विपीन कडेलको गरेको सुन्दर र आर्कषक गोल नै उनको टिमलाई विजयी वनाउने निर्णायक गोल सावित भयो । फाइनल खेलमा निर्णायक गोल गरेका धादिङका रवि भण्डारीले नै प्लेयर अफ दि म्याचको उपाधिका साथ नगद पांच हजार हात पारे ।

Advertisement

प्रतियोगिताको उत्कृष्ट गोल रक्षकको पुरस्कार धादिङकै इच्छा गुरुङ, उत्कृष्ट फरवार्डमा धादिङकै विपीज कडेल, उत्कृष्ट टिम कोचमा धादिङकै दीपक राना, जेष्ट मिडफिल्डमा काडमाडौका सुविल श्रेष्ठ र वेष्ट डिफेन्समा सिन्धुपाल्चोकका आशिष श्रेष्ठले पुरस्कार जिते । सवै उत्कृष्टले जनही १५÷१५ हजार रुपैया पुरस्कार पाए ।

लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको उपाधि विजेता धादिङले शिल्ड, मेडल र प्रमाणपत्रका साथ नगद ५ लाख रुपैयाँ र उपविजेता काठमाडौले शिल्ड, मेडल र प्रमाणपत्रका साथ नगद साढे २ लाख रुपैयाँ पुरस्कार जिते । विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे ।

Advertisement

उनले खेल जीवनले मानिसलाई अनुशासन तथा सत्मार्गमा हिडाउने मानध्यम भएका कारण खेलाडिको प्रोत्साहनका लागि संघले विभिन्न कार्यक्रमहरु ल्याएको वताए । प्रतियोगितामा वागमति प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहेको थियो ।

यहि फागुन ६ गतेदेखि सन्चालित प्रतियोगितामा सहभागी १० टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य पुर्णमान चित्रकार, विदुर नपाकी उपमेयर गीता दाहालअर्याल, पुर्व सांसद रामनाथ अधिकारीलगायतले फुटवल खेलको विस्तार गाउं गाउंवाट खगरिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया