बाग्मति प्रदेशस्तरीय फुटवल : नुवाकोट युनाइटेड र धादिङ समाज भिड्दै

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत केहीवेरमा घरेलु टोली नुवाकोट युनाइटेड फुटवल क्लब र धादिङ समाज धादिङविच प्रतिष्पर्धा हुँदै छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा ९ बजेपछि हुने खेलले सेमिफाईनल प्रवेश गर्ने टोलिको टुङ्गो लाग्ने छ । घरेलु टोली नुवाकोट युनाइटेड लगातार दुई खेलमा जित हात पार्दे ६ अंकका साथ समुहको पहिलो स्थानमा छ भने धादिङ समाज धादिङ एक जित र एक बरावरी खेल्दै ४ अंकका साथ समुहको दोस्रो स्थानमा छ ।
सेमिफाईनल प्रवेशका लागि घरेलु टोली नुवाकोट युनाइटेडलाई बरावरीले मात्रै पनि पुग्छ भने धादिङ समाज धादिङलाई निश्चित जितको खाँचो छ ।
यस्तै समुह बि मै रहेका दोलखा र सिन्धुलीले पनि आजै दिउँसो प्रतिष्पर्धा गर्दे छन् । दोलखा एक अंकको साथ समुहको तेस्रो स्थानमा छ भने सिन्धुली अंकविहिन बन्दै समुहको अन्तिम स्थानमा रहेको छ ।
प्रतिक्रिया