नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न

नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्षिकसाधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकत्न शाक्यले सुन व्यवसायीहरु कोरोना भाइरसको महामारी तथा सरकारले गरेको लकडाउनको कारण साना तथा मझौला व्यवसायीहरु पलायन भएको बताएका छन् । शाक्यले कोरोना भाइरसको कारण व्यवसायीका साथसाथै दक्ष कालीगढ समेत पलायन भएकोले त्यसलाई रोक्न सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । उनले बजारमा सुन अभाव देखिएकोले २ हजार रुपैयाँभन्दा बढी तिरेर सुन खरिद गर्नुपर्ने अवस्था आएकोले सरकार दैनिक १० किलो मात्र सुन खरिद गर्न पाउने नितिलाई परिमाजन गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा बाग्मति प्रदेश सुनताँदी व्यवसायी संघका संयोजक ज्योतिरत्न बज्रचार्यले दैनिक १० केजी सुन अपुग भएकोले व्यवसायीलाई राज्यले चाहिएजति उपलब्ध गराउनुपर्ने बताए । उनले व्यवसायीले सुन किन्नको लागि विभिन्न झन्झट व्यहोरेपनि चाहेजति सुन नपाएर दुख पाएको बताए ।
कार्यक्रममा नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भिम बज्राचार्य कोरोना महामारीको समयमा सरकारले गरेको लकडाउनका कारण मर्कामा परेका व्यवसायी तथा कामदारहरुलाई आवश्यकताका आधारमा राहात वितरण गरेको बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायीहरुले कोरोना भाइरसको महामारीका कारण दक्ष कामदारहरु पलायन भएको तथा स्वदेशीभन्दा विदेशी कालीगढले काम पाइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया