बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता :सिन्धुपाल्चोक र काठमाण्डौ विजयी
विदुर खबर
२०७७ फागुन ७ गते २१:०७

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आजको खेलमा काठमाण्डौ र सिन्धुपाल्चोक विजयी भएका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खे्ल मैदान बट्टारमा आज भएको पहिलो खेलमा समुह सि मा रहेको काठमाण्डौले काभ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा सिन्धुपाल्चोकले ललितपुरमाथि सानदार जित जित निकालेको छ ।
सिन्धुपाल्चोकले जित निकाल्ने क्रममा ललितपुरे टोलीलाई ५–१ गोल अन्तरले प।ाजित गरेको हो ।
प्रतियोगिता अन्र्तगत शनिवारको पहिलो खेलमा धादिङ र सिन्धुली तथा दोस्रो खेलमा घरेलु टोली नुवाकोट युनाइटेड र दोलखावित प्रतिपर्धा हुने छ ।
सम्बन्धित
प्रतिक्रिया