बाग्मति प्रदेशस्तरीय फटवल : काठमाण्डौ र काभ्रे भिड्दै

विदुर खबर २०७७ फागुन ७ गते ९:४१

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुँदै छ ।

Advertisement

नेपाल फुटवल संघको आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनमा भएको प्रतियोगितामा आजको पहिलो खेलमा समुह सि मा रहेको काठमाण्डौले काभ्रेको सामना गर्ने छ । मध्यान्न सवा १२ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ । यस्तै आजै दिउँसो सवा ३ बजे हुने खेलमा समुह ए मा रहेका ललितपुर र सिन्धुलीबिच प्रतिष्पर्धा हुँदै छ । दुबै टोली उच्च मनोवल लिएर मैदान उत्रिदै छन् ।

यसअघि प्रतियोगिता अन्र्तगत हिजो भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले सिन्धुलीलाई २–१ गोद अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो । यस्तै हिजो नै भएको दोस्रो खेलमा धादिङ र दोलखाले समान २÷२ गोल अन्तरले बराबरी खेलेका थिए ।

Advertisement

१० टोली सहभागि रहेको प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिता आगामी १४ गतेसम्म संचालन हुने नुवाकोट फुटवल संघले जनाएको छ ।

प्रतिक्रिया