बाग्मति प्रदेशस्तरीय फटवल : काठमाण्डौ र काभ्रे भिड्दै
नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुँदै छ ।
नेपाल फुटवल संघको आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनमा भएको प्रतियोगितामा आजको पहिलो खेलमा समुह सि मा रहेको काठमाण्डौले काभ्रेको सामना गर्ने छ । मध्यान्न सवा १२ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ । यस्तै आजै दिउँसो सवा ३ बजे हुने खेलमा समुह ए मा रहेका ललितपुर र सिन्धुलीबिच प्रतिष्पर्धा हुँदै छ । दुबै टोली उच्च मनोवल लिएर मैदान उत्रिदै छन् ।
यसअघि प्रतियोगिता अन्र्तगत हिजो भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले सिन्धुलीलाई २–१ गोद अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो । यस्तै हिजो नै भएको दोस्रो खेलमा धादिङ र दोलखाले समान २÷२ गोल अन्तरले बराबरी खेलेका थिए ।
१० टोली सहभागि रहेको प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिता आगामी १४ गतेसम्म संचालन हुने नुवाकोट फुटवल संघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया