बाग्मति प्रदेश लिग : आज नुवाकोट युनाइटेड र नमुना जनउत्थानविच प्रतिस्पर्धा हुँदै

विदुर खबर २०७७ फागुन ६ गते १०:२७

नुवाकोट । नुवाकोटमा आजबाट शुरु हुन लागेको बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगितको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट युनाइटेड फुटवल क्लब र सिन्धुलीको नमुना जनउत्थान क्लबवीच प्रतिस्पर्धा हुँदै छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो साढे १२ बजे हुने उद्घाटन खेलमा घरेलु टोली दर्शको साथ लिएर उच्च मनोवल लिएर मैदानमा उत्रदैछ । घरेलु टोली खाजको खेलमा जीत हात पार्दे प्रतियोगितामा उत्कृष्ट शुरुवात गर्न चाहान्छ भने सिन्धुलीको नमुना जनउत्थान क्लब राम्रो खेल पस्किएर र्दशकको मन जित्न चाहान्छ ।

अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनामा हुन लागेको फुटवल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा बाग्मति प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहने नुवाकोट फुटवल संघले जनाएको छ । सहभागि १० टोलिलाई तीन समुहमा विभाजन गरिएको छ ।
जसअन्र्तगत समुह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यु जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् । यस्तै समुह बि घरेलु टोली मा नुवाकोट युनाइटेड फुटवल,धादिड समाज, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् । त्यस्तै समुह सि मा न्यु डाँफे युथ क्लब मकवानपुर,आकाश भैरव क्लब काभ्रे,वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाण्डौ रहेका छन् ।


लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया