रसुवामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
विदुर खबर
२०७७ माघ १ गते ८:४६
रसुवा । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका घर भई हाल गोसाइकुण्ड गाउँपालिकामा बस्दै आएका २२ वर्षीय यमप्रासद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए ।
भट्टराईले ती बालिकालाई गत पुस १८ आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले पुस २५ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया