रसुवामा ढुंगाले लागेर कामदारको मृत्यु

विदुर खबर २०७७ पुष २२ गते २०:५१

रसुवा। ढुंगाले लागेर धुन्चे–खोदल सडक खण्डमा काम गरिरहेका एक जनाको मृत्यु भएको छ ।

Advertisement

नौकुण्ड गाउँपालिका–१ यार्साका ४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक खण्डको केबुमा नाली निर्माण गरिरहेका उनको एक्स्काभेटरबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

नाली निर्माण गर्ने स्थानभन्दा करिब ५० मिटरमाथि एक्स्काभेटरले काम गरिरहेको थियो । मृतकका आफन्तले भने निर्माण कम्पनीको लापरबाहीले धनबहादुर तामाङको मृत्यु भएको बताएका छन् ।

Advertisement

धुन्चे–खोदल सडक खण्ड सुधारको जिम्मा वागेश्वरी कन्ट्रक्सनले पाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–९, का २७ वर्षीय चालक रविन तामाङ एक्स्काभेटरसहित प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया