देशभर मौसम बदली, उच्च पहाडी जिल्लामा हिमपात
विदुर खबर
२०७७ पुष २१ गते १०:२६
नुवाकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार आज पनि देशभरको मौसम बदली भएको भएको छ । हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने अनुमान छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी बुलेटिन अनुसार वाग्मती प्रदेशका एक र दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।
पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बदली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने छ ।महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बदली भएर हिमपात र वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया