रसुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
रसुवा । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण थालेको छ ।
उच्च हिमाली भेगका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरुप कमल बितरण सुरु गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताए । ‘हिमाली जिल्ला रसुवामा दिनदिनै चिसो बढ्दै गएको छ,’ उनले भने, ‘आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण थालेका हौं ।’
पालिकाले ६ वटै वडाका ७० वर्षभन्दा माथिका ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखेको छ ।गाउँपालिकाले गाउँमै घरमै न्यानो कपडा कम्बल दिएकोमा ७७ वर्षीया निमा ग्याल्मो तामाङ खुसी व्यक्त गरिन् । गाउँपालिकाको वडा नम्बर १ थुमनबाट न्यानो कपडा वितरण सुरुवात गरिएको छ ।
यसैगरी, गाउँपालिकाले नागरिकको सेवाका लागि घरदैलो पुगेर जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्रसमेत वितरण गरेको छ । सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग सम्बन्धी जाँच फिजियोथेरापी सेवा, आँखा परीक्षण तथा उपचार सेवा र सामाजिक सुरक्षा सम्बन्धी अन्य सेवाहरु समेत गाउँमै पुगेर प्रदान गरिएको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष करग्याल्मो श्रेष्ठले बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया