रसुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

विदुर खबर २०७७ पुष १४ गते २१:४४

रसुवा । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण थालेको छ ।

Advertisement

उच्च हिमाली भेगका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरुप कमल बितरण सुरु गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताए । ‘हिमाली जिल्ला रसुवामा दिनदिनै चिसो बढ्दै गएको छ,’ उनले भने, ‘आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण थालेका हौं ।’

पालिकाले ६ वटै वडाका ७० वर्षभन्दा माथिका ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखेको छ ।गाउँपालिकाले गाउँमै घरमै न्यानो कपडा कम्बल दिएकोमा ७७ वर्षीया निमा ग्याल्मो तामाङ खुसी व्यक्त गरिन् । गाउँपालिकाको वडा नम्बर १ थुमनबाट न्यानो कपडा वितरण सुरुवात गरिएको छ ।

Advertisement

यसैगरी, गाउँपालिकाले नागरिकको सेवाका लागि घरदैलो पुगेर जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्रसमेत वितरण गरेको छ । सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग सम्बन्धी जाँच फिजियोथेरापी सेवा, आँखा परीक्षण तथा उपचार सेवा र सामाजिक सुरक्षा सम्बन्धी अन्य सेवाहरु समेत गाउँमै पुगेर प्रदान गरिएको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष करग्याल्मो श्रेष्ठले बताइन् ।

प्रतिक्रिया