नेपाल क्रिकेट संघ र एड प्याडबीच सम्झौता, एड प्याडले जर्सीका लागि प्रायोजक खोज्ने

विदुर खबर २०७७ पुष १४ गते २१:२९

नुवाकोट । नेपाल क्रिकेट संघ (क्यान) र एड प्याडबीच जर्सी प्रायोजन अधिकारमा सम्झौता भएको छ। अब एड प्याडले सम्झौता अवधिसम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको विभिन्न प्रतियोगिता, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजक खोज्नेछ।

Advertisement

एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गतको एड प्याड र क्यानबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एड प्याडका अध्यक्ष सुदीप थापाले हस्ताक्षर गरेका छन्। सम्झौता अवधि १५ महिनाको छ।

सम्झौता अनुसार अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एड प्याडलाई हुनेछ। क्यान इन्टरनेशलन क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजकविहीन थियो।

Advertisement

 

प्रतिक्रिया