सिमुटार प्रहरी चौकीका अर्याल प्रदेशकै उत्कृष्ट घोषित

विदुर खबर २०७७ पुष ७ गते १७:५१

नुवाकोट । सिमुटार प्रहरी चौकीका हवल्दार शिवप्रसाद अर्याल बाग्मतिभरकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

Advertisement

अर्याललाई मंसिर महिनामा गरेको कार्य सम्पादनको आधारमा प्रदेशभर उत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी चौकी ओखरपौवा दरबन्दी भई लामो समयदेखि अस्थाई प्रहरी पोष्ट सिमुटारमा कार्यरत अर्यालले जिर्ण रहेको भवनलाई स्थानिय सरोकारवाला निकायसँग समन्वय गरि निर्माण गरेका थिए ।

यस्तै उनले सडकअवरुद्ध भएको समयमा सबै निकायसँग छलफल गरि सडक सुचारु गराएका थिए ।

Advertisement

प्रतिक्रिया