मेगा बैंक स्याफ्रुबेसिद्वारा कालिजंग गणलाई क्युआर कोड हस्तानान्तरण

विदुर खबर २०७७ मंसिर १८ गते १९:५१

रसुवा । गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेशि मा अवस्थित मेगा बैंकले जिल्लामा अवस्थीत कालि जंग गण लाई क्युआर कोड हस्तानान्तरण गरेको छ ।

Advertisement

शाखा प्रबन्धक क्षोक्याल दोर्जे लामाले मंसिर १५ गते आधुनिक बैंकिङ प्रविधि क्युआर कोड प्रविधिबाट गणका कर्मचारीहरु लाई आन्तरिक कारोबारको भुक्तानी प्रणालिमा सहजता ल्याउनको लागी गणपति सर्बेन्द्र नगरकोटि लाई हस्तानान्तरण गर्नुभएको हो । यसले समयको बचतका साथै आर्थिक रुपमा नै धेरै लाभान्वित हुने समेत बताइएको छ । प्रबन्धक लामाका अनुसार यस शाखामा पन्ध्र हजार जनाको खाता रहेको र जनता को दुःख सुखमा साथ दिइ रहेको छ ।

आर्थिक रुपमा कम भएका हरुलाई बैंकले सहयोग गरिरहेको छ भन्दै ठुलो भार्खुका राकेश तामाङले बताउनु भयो यस मेगा बैंक आधुनिक बैंक भएकाले सम्पुर्ण रसुवा वासि लाई फाइदा लिन आग्रह गरेको बताइएको छ ।

Advertisement

जिल्लाको कुना-कुनामा पुगेर सेवा दिइएको बैंक मेगा बैंक ले सस्तो र सरल तरिकाले जनताको काम गर्ने समेत बताइएको छ ।

प्रतिक्रिया