रसुवाको नौकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा

विदुर खबर २०७७ मंसिर १६ गते १९:०५

रसुवा । रसुवाको पवित्र तिर्थस्थल नौकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

Advertisement

करिव १४ हजार फिटको उचाईमा लाङटाङ राष्ट्रिय निकुन्ज भित्र रहेको कुण्ड वरिपरि विभिन्न कुण्डहरु रहेका छन् । लम्बे कुण्ड , नागकुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड कामी कमिनि कुण्ड र अन्य दुई कुण्डको पेरिफेरोलाई परिचित छ । तर नौकुण्ड भने कम मानिसहरुलाई थाहा छ । यस कुण्डबाट गाउँपालिकाको समेत नाम गरिएको छ ।

रसुवा जिल्लामा अवस्थित नौकुण्ड जानको विभिन्न पदर्मागहरु रहेका छन् । कालिका गाउँपालिकामा पर्ने पासाङल्हामु राजर्मागको कालिकास्थानबाट जिवजिवे, ज्यङलाङ, लोकिल, सिपाङ, जुरेढुङगा, ढोका भञ्ज्याङ, नचोक शेर्मा, बक्सार परालथला हुदै नौकुण्ड पुग्न सकिने मार्ग एउटा हो भने नुवाकोट को विदुरबाट चोकदे, लच्याङ, सरमथली, पा(च्याङ, ला(च्याङ, यार्सा, सिम्बन्दी शर्मा, बकसार र परालथला हुदै नौकुण्ड जाने अर्को पदर्माग काठमाण्डौ बुढानिलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुदै यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

Advertisement

सुन्दरीजल वा मेलम्ची बाट ठाडेपाटी घोप्टे फेदि सुर्यकुण्ड गोसाइकुण्ड भैरवकुण्ड हुदै पनि यस क्षेृत्रमा पुगि रसुवाको सदरमुकाम धुन्चे बाट पनि नौकुण्ड जान जान सकिन्छ । कोहि कसैको चासो र नौकुण्ड पनि छ धार्मिक तथा पर्यटकिय स्थल हो भन्ने कुरा को गाउँपालिकाले पनि चासो दिएर लागी परेको छ । उचित प्रचार प्रसार को कारण ले ओझेलमा छ । कुण्डै कुण्ड मठ मन्दिर को जिल्ला नौकुण्ड भित्र धेरै घुम्न लगाएतका ठाउँहरु रहेका छन् । जसले यस पालिका लाई चिनाएको छ ।

मिश्रित जातजाति भएको त्यस ठाउँमा अनेकातामा एकता रहेको छ । आन्तरिक तथा बाहय पर्यटक का लागी उत्कृष्ट गन्तव्यको रुपमा रहेको छैन लम्बे कुण्ड लगाएतका नौकुण्ड यसै गाउँपालिका भित्र पर्दछन् नेपालकै शान र यस गाउँपालिका को मान को रुपमा नै रहेको ले सबैबाट परिरचित गराउन जरुरी छ । धार्मिक हिसाबले महत्वपुर्ण जिल्ला रसुवामा पाइलै पिच्छे यस्ता कुण्ड र धार्मिक मठमन्दिर देख्न सकिन्छ ओझेलमा परेकाले त्यस ठाउँ पुग्न कोहि चाहदैनन् तर आज भोलि भने गाउँपालिका ले चासो दिएर आफ्नो ठाउँ यस्तो छ है भनेर प्रचारमा लागी परेको छ ।

Advertisement

हेर्न लायकका ठाउँहरुलाई छोडेर हामी विदेश जान्छौ तर यस्ता ठाउँहरु पैल्याएर आफ्नै देशका ठाउँहरु मा घुम्न गए आर्थिक रुपमा अगाडी हुने सम्भावना रहेको छ । नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष सृजना लामा भन्नुहुन् छ हामीले सक्दो प्रयास गरिरहेको छौ ओझेलमा रहेका सबै कुण्डहरुलाई मन्दिर र गुम्बा लगाएत का रमणिय ठाउँहरुको प्रचार गरिरहेका छौ कोभिड १९ को कारणले पनि थप ओझेलमा परेको छ ।

प्रतिक्रिया