Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

रसुवाको रिभरकुण्ड पदयात्राका लागि उत्कृष्ट

प्रकाशित मिती: १२ मंसिर २०७७, शुक्रबार १९:१८

सरस्वति न्यौपाने, रसुवा ।संरक्षण विकास,प्रवद्र्धन र प्रचारको पर्खाईमा रहेको गोसाईकुण्ड गाउँपालिका वडा नं. ३ को तामाङ सम्पदा मार्गमा पर्ने रिभरकुण्ड पदयात्राका लागी देशकै सर्बात्तम स्थान भएर पनि ओझेलमा परेको छ ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

समुन्द्र सतहबाट चार हजार ६ सय ४५ मिटरको उचाईमा अवस्थित यस कुण्ड लामटाङ हिमालको काखमा रहेको र गणेश हिमाल र सान्जेन तथा पाल्दोरपिक जस्ता हिमाल सँगै चीनको केरुङ लगाएत भुभाग अवलोकन गर्न सकिने यो स्थान प्राकृतिक सम्पदाका दृष्टिले निकै महत्वपुर्ण छ । कुण्ड र दुई वटा ठुला हिमाल भएको जिल्ला समेत मानिन्छ ।

गोसाईकुण्ड गाउँपालिकाले रिभरकुण्डको पर्यटकिय सम्भावना र विकासका लागी स्थानियको सहयोगमा सम्भाव्यता अध्ययन गरिरहेको विभिन्न पर्यटकिय स्थल आन्तरिक तथा विदेशी पर्यटकको रोजाईमा भएपनि पर्याप्त आवश्यक पुर्वाधार नभएका कारण ती स्थलमा पुगेका पर्यटक रोकिने अवस्था छैन ।

यो क्षेत्रमा पुगेपछि हिमाली दुश्य, लोपोन्मुख जडिबुपटी बनस्पति, विभिन्न प्रजातिका चरा लगाएत वन्यजन्तु समेत अवलोकन गर्न सकिने भएकाले पर्यटकको बसाई अवधि लम्ब्याउन ओमस्टे सन्चालनको तयारी भइरहेको छ । नेपालकै दो्रस्रो होमस्टे सन्चालनमा रहेको बृद्धिम गाउँ, त्यसमाथि तामाङ सम्पादा मार्गमा लामो समय देखि पर्यटकको चहल पहल भए पनि पर्यटकको बसाई अवधि लम्ब्याउन सकिरहेको अवस्थामा प्रदेश सरकारको सहयोग भएमा नयाँ पर्यटकीय पदमार्गको विकास र विस्तार गर्न सकिने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनु भयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय यस्तो महामारीको विचमा पनि पुरानै अवस्थामा फर्कनेमा व्यवसायी विश्वस्त रहेका छन् । पदमार्गको खोजी र पर्यटन पुर्वाधार विकासमा प्रदेश सरकारले सहयोग र प्रचार प्रसार गरिदिनु पर्ने धारणा गोसाईकुण्ड होटल तथा लज व्यवस्थापन उप—समितिका अध्यक्ष रेन्जेन तामाङ बताउनुहुन्छ । सरकारी सहयोग भएमा यस क्षेत्रको पर्यटन व्यवसायमा थप बल मिल्ने र राजश्व समेत उठने अध्यक्ष तामाङ बताउनु हुन्छ ।

बागमति प्रदेशको पर्यटकीय पदयात्रा लागी रसुवा उत्कृष्ट गन्त्व्यको रुपमा मानिन्छ । रिभरकुण्ड जस्ता कुण्ड ताल झरनाहरुको उचित रुपमा प्रचार भए त आर्थिक भार कम हुनुका साथै विदेश घुम्न जानै पर्दैन लुकेर बेका प्राकृतिक सौन्दर्यले भरिपुर्ण रसुवा साचै नै एक प्रकृतिको उपाहार नै हो ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मानव सेवा आश्रमद्वारा रसुवामा ४ जनाको उद्धार
रसुवागढी नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा कमी
रसुवामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
रसुवा भन्सारमा राजस्व संकलन काउन्टर स्थापना
रसुवागढी नाका चीनको प्राथमिकतामा परेन, ८ महिनादेखि कोटा प्रणाली कायमै
रसुवामा ढुंगाले लागेर कामदारको मृत्यु
रसुवागढी हुँदै आउने पर्यटकको संख्या घट्यो
रसुवामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]