Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

बाग्मति प्रदेश प्रहरीको टेलिफोन संवाद कार्यक्रम शुरु

प्रकाशित मिती: ९ मंसिर २०७७, मंगलवार १९:३८

नुवाकोट । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरु गरेको छ ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

प्रहरी सङ्गठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरु गरिएको हो ।

तल्लो तहका प्रहरी कर्मचारीको गुनासो विभागीय रुपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । यो संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् ।

आन्तरिक रुपमा सङ्गठनलाई व्यवस्थित गर्न र तल्लो तहका प्रहरी कर्मचारीको गुनासो वा समस्या माथिल्लो तहको कर्मचारीले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोध गराउन संवाद शुरु गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारीका लागि सातामा फरक फरक समय विभाजन गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसँग टेलिफोन संवाद गर्न सक्नेछन् ।

जुनियर प्रहरी अधिकृतहरुका लागि आज बिहान ९ देखि १० बजेसम्म दुई घण्टा, प्रहरी जवान र हबल्दारहरुका लागि शुक्रबार बिहान ९ देखि १० बजेसम्म दुई घण्टा र माथिल्लो अधिकृत दर्जा प्रहरी कर्मचारीका लागि जनुसुकै समयमा पनि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद गर्न सक्नेछन् । प्रहरी सङ्गठनलाई आन्तरिकरुपमा चुस्तदुरुस्त राख्न सो अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
चुनाव हारेपछि बझाङ प्रचण्ड समुहका एक युवाद्धारा साथीको हत्या
नुवाकोटमा प्रचण्ड-नेपाल समुहको महिला संघको भेला सकियो
नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]