रसुवामा १०६ जना कोरोना संक्रमित निको भए
विदुर खबर
२०७७ मंसिर ५ गते ९:०२

रसुवा । रसुवामा १ सय ६ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा १ सय १७ जनामा कोरोना संक्रमण भएको थियो । स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ११ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५ जना, आमाछोदिङ्मोमा १, कालिकामा ४५, उत्तरगयामा २८, नौकुण्डका ९ र बाहिरी जिल्लाका १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जसमा गोसाइँकुण्डमा ५, कालिकामा ३ र उत्तरगयामा ३ गरी ११ जना आइसोलेसनमा रहेका छन् ।
नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा अहिले कोरोना संक्रमित छैनन् । जिल्लामा हालसम्म १ हजार ५ सय ४२ वटा स्वाव संकलन गरिएकोमा १ हजार ३ सय ९३ नेगेटिभ र १ सय १७ पोजेटिभ आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया