रसुवामा काेराेना संक्रमितकाे संख्या घट्दै

विदुर खबर २०७७ कार्तिक २६ गते १९:४४

रसुवा । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ ।

Advertisement

हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिनुभयो ।

हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

Advertisement

यसैबीच प्रा डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुभएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनुभएको छ । प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ ।

स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ ।

Advertisement

प्रतिक्रिया