ढाका पुगेको नेपाली फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
विदुर खबर
२०७७ कार्तिक २२ गते २०:१४

नुवाकोट । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
ढाकामा हिजो स्वाब परीक्षण गरिएका खेलाडीसहित ३४ जना सदस्यकै रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । खेलाडीमा कोरोना नदेखिएपछि भोलिदेखि नै मैदानमा अभ्यास गर्ने भएका छन् ।
नेपालले पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया