राष्ट्रिय फुटबल टोलीका कप्तान भन्छन् प्रशिक्षण पर्याप्त भएन

विदुर खबर २०७७ कार्तिक २० गते १५:१०

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पर्याप्त नभएको कप्तान किरण चेम्जोङले बताएका छन् ।

Advertisement

बंगलादेश प्रस्थान गर्नुअघि उनले एक साताको प्रशिक्षणले नपुगेको प्रतिक्रिया दिए । उनले लामो समयपछि मैदान फर्किएका खेलाडीका लागि प्रशिक्षण राम्रो भए पनि एक साताको प्रशिक्षण पर्याप्त नभए पनि खेलमा फर्किंदा खुसी लागेको बताए । “छोटो समयमा खेल्न थालेका छौं । यसले त खुसी भएका छौं तर खेलका लागि प्रशिक्षणको समय पर्याप्त हुन सकेन । लयमा फर्किन थप केही समय प्रशिक्षण आवश्‍यक थियो,” कप्तान किरणले भने, “करिब ७-८ महिनापछि खेल सुरु हुँदै छ । त्यसले खेलाडीमा खुसी ल्याएको छ । तर, हामीलाई हतारमा मैत्रीपूर्ण खेल खेल्न जानुपर्‍यो ।”

उनले थप एक-दुई महिना प्रशिक्षणका लागि समय पाएको भए राम्रो प्रदर्शन गर्न सकिने पनि बताए । यद्यपि छोटो समयको प्रशिक्षणले पनि खेलाडीलाई आत्मविश्वास बढाएको उनको भनाइ थियो । ‘‘यो मैत्रीपूर्ण खेल निकै नै च्यालेन्ज छ । अर्को तिर हेर्ने हो भने यस्तो पेन्डामिकको अवस्थामा खेलमा फर्किर्नु आफैंमा खुसीको कुरा हो । यसैमा सकारात्मक सोचौं,” उनले भने ।

Advertisement

उनले बंगलादेशमा हुने थप एक साताको प्रशिक्षणले खेलाडीलाई केही फाइदा पुग्‍ने पनि बताए । छोटो समयको तयारीमा बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण खेल्न गए पनि नेपाली टोलीमा जितको अपेक्षा रहेको कप्तान चेम्जोङले बताए ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार (आज) त्यसतर्फ प्रस्थान गरेको छ । बन्द प्रशिक्षणका बोलाइएकामध्ये सात जनामा कोरोना संक्रमण देखिएपछि २५ खेलाडीसहतिको टोली बिहीबार बिहान बंगलादेश प्रस्थान गरेको हो ।

Advertisement

प्रतिक्रिया