नुवाकोटका सन्तोष तामाङको बसको ठक्करबाट दुबईमा ज्यान गयो

नुवाकोट । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत नुवाकोटका सन्तोष तामाङको मृत्यु भएको छ।
युएईको शारजाह स्थित एक कम्पनी कार्यरत तामाङको ड्युटी जाने क्रममा ३ महिना अघि बसको ठक्करबाट गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तामाङको शारजाह स्थित अस्पतालमा उपचारक्रममा मृत्यु भएको नुवाकोट म्यागङ गाउँ पालिका वडा नम्बर ६ का अध्यक्ष आतम सिंह तामाङले पुष्टि गरेका छन्।
म्यागङ गाउँपालिका वडा नं. ६ मैबोल ,सामरी निवासी २२ बर्षको तामाङको दुर्घटनामा गम्भीर घाइते भैइ उपचार गराई रहेको खबर पाए लगत्तै अध्यक्ष तामाङले युएई स्थित नेपाली दूतावास ,नेपाली संघ-संस्थाहरु तथा नेपाली अभियन्ता मार्फत उपचार तथा कानुनी सहयोगको लागि पहल गरेका थिए ।तामाङकाे शारजहा अस्पतालमा उपचार भैइ रहदा स्वास्थ्य सुधार नआएको हुँदा थप प्रभावकारी उपचार गराउनु पर्ने देखिएको उनलाई टाउकोमा र घाँटी दायाँ पट्टी हातमा गहिरो चोट लागेको थियो । कम्पनी र दुर्घटना गराउने कम्पनीबीचको समन्वयमा उपचारकै क्रममा मृत्यु भएको मृतकका आफन्त बुद्धि बहादुर तामाङले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन
छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो





प्रतिक्रिया