रसुवागढी नाका सरकारको मुख्य प्राथमिकतामा : परराष्ट्र मन्त्री ज्ञवाली
रसुवा । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली ज्ञवालीले रसुवागढी नाकालाई सामान्य व्यापारिक नाकाको रूपमा मात्र नलिएको बताएका छन् ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा आएका उनले उक्त कुरा बताएका हुन् । केरुङ काठमाडौं रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन निर्माण, उत्तर दक्षिण आर्थिक करिडोर निर्माण, क्रस बोर्डर इकोनोमिक जोन निर्माण लगायतका विषय सरकारको प्राथमिकतामा परेको छ । रसुवागढी काठमाडौं सडक मार्गलाई बाह्रै महिना सञ्चालन हुने बनाउनका लागि काम भइरहेको छ । भने स्याफ्रु बेत्रावती सुरुङ मार्गको अध्ययन कार्य अघि बढाइएको छ ।
कोभिड–१९ का कारण चीनबाट स्थलमार्ग हुँदै हुने आयातमा केही समस्या रहेको र त्यसको समाधानका लागि चीन सरकारसँग निरन्तर वार्ता भइरहेको उनले बताए । ‘हामीले दुई देश बीचको व्यापारका लागि उच्च स्तरमा वार्ता गरिरहेका छौं’, उनले भने, ‘विस्तारै समस्याको समाधान हुँदै जाने छ ।’ जिल्लामा नै पिसिआर जाँच गर्नका लागि प्रक्रिया अघि बढिसकेकाले पिसिआरका कारण नाकामा आयात बन्द हुने अवस्था नआउने उनको भनाइ छ ।
सडकको अवस्था र सामाग्री लोड अनलोडमा लाग्ने समय अनुसार सामग्री आयात बढाउनका लागि स्थानीय रूपमा छलफल गर्न उनले आग्रह गरे । यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना, जिल्लामा नै आरटिपिसिआर गराउने र तीन सिफ्ट बनाएर सामग्री आयातको व्यवस्था मिलाउन सकिने छ । यी कारणले नै सामग्री आयात रोक्न पर्ने अवस्था आउन नदिन उनले आग्रह गरे । रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले नाकामा आयात व्यवस्थापन, पारी रोकिएका नेपाली सवारी नेपाल ल्याउने व्यवस्था मिलाउन पर्ने र उता रोकिएका नेपालीलाई ल्याउनका लागि माथिल्लो निकायबाट पहल गर्नुपर्ने बताए ।
रसुवा भन्सारले मूल्य कम तथा गलत घोषणा गर्नेलाई निरुत्साहित गर्ने कामलाई प्राथमिकता दिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारले निर्माण गर्न लागेको स्याफ्रुबेसीं–रसुवागढी सडक खण्ड, निर्माणाधीन एकीकृत भन्सार तथा सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट महोत्सव आजदेखि शुरु हुँदै
तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो





प्रतिक्रिया