नुवाकोटका बन्द गरिएको क्रसर भोलि नै खोलिनु पर्छ : प्रधान

विदुर खबर २०७७ असोज ५ गते २०:४४

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका नेता वुद्धि प्रधानले नुवाकोटको प्रहरी र प्रशासनले शिल गरेको ताला भोलिदेखि नै खोल्नुपर्ने बताएका छन् ।

Advertisement

सोमबार विदुरमा आयोजित नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीइ समन्वय बैठकमा बोल्दै प्रधानले सो कुरा बताएका हुन् । बैठकमा बोल्दै प्रधानले बर्डस्टोन क्रसरमा ताला लगाइदा क्रसरमा रहेका कुखुरा र माछा व्यवसायसमेत मर्कामा परेको बताए ।

प्रधानले क्रसर व्यवसाय बन्द हुँदा जिल्लामा निर्माणधिन रााष्ट्रिय आयोजनाहरु प्रभावित हुने बताए । उनले कानुनको पालना सबै निकायले गर्नुपर्ने भन्दै स्थानिय तह, प्रहरी र प्रशासन एकजुट भएर लाग्नुपर्ने बताए । उनले क्रसर बन्द गरि द्धन्द्ध बढाएर कसैको हित नहुने बताए ।

Advertisement

स्मरण रहोस नुवाकोट प्रहरी र प्रशासनले सर्वाेच्च अदालतको आदेश भन्दै आईतबार जिल्लाका आधा दर्जन क्रसरमा ताला लगाएका थिए । क्रसरमा ताला लगाएपछि नुवाकोटका तस्करहरु ताला खोलाउन जिल्लाका विभिन्न स्थानिय तह र नेताको घर धाउन थालेका छन् ।

प्रतिक्रिया