मेयर पण्डितको ठाडो आदेशमा चलेको वर्डस्टोन क्रसरमा प्रशासनको ताला

विदुर खबर २०७७ असोज २ गते २०:४८

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ गङगटेमा अवैध रुपमा संचालन भइरहेको वर्डस्टोन क्रसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला लगाएको छ ।

Advertisement

सर्वाेच्च अदालतको आदेशलाई लत्याउँदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको ठाडो आदेशमा अवैध रुपमा संचालन भइरहेको सो क्रसरमा केहीवेर अघि जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक सिडियो बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले ताला लगाएको हो । अवैध रुपमा क्रसर संचालन भएको भन्दै आफुकहाँ स्थानियबासीले उजुरी गर्दा विना इजाजत र सर्वाेच्चको आदेशविपरित क्रसर संचालन भएको पाइएकोले क्रसर शिल गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

यसअघि स्थानियबासीले सर्वाेच्च अदालतको आदेश विपरित सो क्रसर संचालन भएको भन्दै बन्द गर्नं माग गदै दुईसाता अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, विदुर नगरपालिका वडा नम्बर ५ मा निवेदन दिएका थिए ।स्थानियबासीहरुले वि.स. २०७५÷०३÷२५ गतेको आदेश विपरित क्रसर संचालन भएको भन्दै विदुर नगरपालिका, घरेलु कार्यालय,डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मुद्धा दर्ता गराएका छन् । स्थानिय राजकुमार राईसहित ८८ जनाले सर्वाेच्च अदालतको आदेश विपरित विदुर नगरपालिकाको ठाडो आदेशमा क्रसर संचालन भएको भन्दै तत्काल सर्वाेच्चको निर्यण कार्यान्यनको माग गदै मुद्धा दर्ता गराएका हुन् ।

Advertisement

स्थानियबासीले २०५०÷०१÷१६ गते पिपलटारमा दर्ता भइ संचालनमा आएको वर्ड स्टोन क्रसर विना इजाजत गङगटे भञ्याङ तल तादी खोलामा संचालन भइ विना जानकारी ठाउँसारी गरेको तथा २०७५ असार ३१ गते सर्वाेच्च अदालतका न्यायधिशद्धय मिरा खड्का र ईश्वरीप्रसाद खतिवडाको संयुत्त इलजालसले जिल्लामा रहेका तादी र त्रिशुली खोलामा कुनैपनि क्रसरहरु संचालन गर्न नदिनु र तत्काल वातावरण संरक्षण गर्नु भनि आदेश दिएपनि क्रसर अझै बन्द नभएको भन्दै विभिन्न निकायमा मुद्धा दर्ता गरेका थिए ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको ठाडो आदेशमा संचालन भइरहेको सो क्रसरले भुकम्पपिडित तथा सडक आयोजनाको नाममा लामो समयदेखि खोला दोहन गरिरहेको सरोकारवालाहरु बताउँछन् । स्थानियबासीहरुले कहिले भुकम्पपिडित त कहिले सडक आयोजनाको नाममा खोला दोहन गर्न दिएर मेयर पण्डितले मोटो रकम असुल्ने गरेको आरोप समेत लगाएका छन ।

Advertisement

घरेलु तथा साना उद्योग विकास समितिका नुवाकोटका अनुसार २०७३ असार मसान्तपछि नुवाकोटका कुनैपनि क्रसर उद्योग नविकरण भएका छ्रैनन् । तर विदुर नगरपालिकाको ठाडो आदेशमा जिल्लामा एकमात्र त्रसरको रुपमा वर्डस्टोन क्रसर संचालनमा रहेको छ । सडक आयोजनाको नाममा सो क्रसरले ठुलो मात्रामा वालुवा, ढुड्गा र गिट्टी उत्खनन गरिरहेको छ ।

तर नगरपालिकाका मेयर सञ्जु पण्डित भने टोले गुन्डा तथा टोले दादाहरुले विकास आयोजनाको नाममा अवरोध गरेको बताउने गरेका छन् । मेयर पण्डित आफुले गरेको कामलाई व्यवहारिक रुपमा बुझ्न र लिन सबैलाई आग्रह गरेका थिए । जुन काम कानुन वाहिर भएको सरोकारवालाहरु बताउँछन् ।

सम्बन्धित समाचार

क्रसर प्रकरणमा विदुरका मेयरलाइ नागरिकको प्रश्न

नुवाकोटमा पावर हुनेलाई क्रसर ब्यबसाय फलिफाप, नहुनेलाई अभिसाप

नुवाकोटका अवैध क्रसर क्रसर बन्द गर्छु : प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, नगरपालिकाको ठाडो आदेशमा खोला दोहन

गङगटेका स्थानियद्धारा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसर बन्द गर्न माग

प्रतिक्रिया