नुवाकोटमा पावर हुनेलाई क्रसर ब्यबसाय फलिफाप, नहुनेलाई अभिसाप

नुवाकोट। अहिले नुवाकोट जिल्लामा पावर हुनेलाई क्रसर ब्यबसाय फलिफाप भएको छ भने नहुनेलाई अबिसाप हुदै गएको छ। नुवाकोटमा राजनीति र डनगिरि गर्नेले काम जसरि पनि गर्छ भन्ने उदाहरण क्रसर ब्यबसायमा नै प्रमाणित भएको छ।

विदुर नगरपालिकाको गंगटेमुनि संचालन भइरहेको वर्ड स्टोन क्रसर
उदाहरणको लागि अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गर्ने र नदीजन्य सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रशासनले बेलकोटगढी नगरपालिका २ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ थान स्काईभेटर, ७ थान टिपर र ३ थान आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ । ठुला उपकरण ( स्काईभेटर ) को प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् गरि रहेकै अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तर शक्तिको आडमा चल्ने क्रसर चाहि आफ्नै नाक अगाडी हुदा पनि प्रशासन मौन छ। यो कुरामा बोल्दिने चाहि कोहि छैन।
जिल्लामा संचालित अबैध रूपमा चलिरहेका क्रसरको विषयले यतिखेर चर्चा पाइरहेको छ । विगतमा कुनै आकर्षक जिल्ला नमानिने नुवाकोटमा पछिल्ला वर्षहरूमा बालुवा र गिटी तस्करी गर्ने समूहले राजनीतिक संरक्षणमा जिल्लामा हुने विभिन्न सरूवामा समेत भूमिका निर्वाह गर्न थालेपछि नुवाकोट आकर्षक जिल्ला बनेको छ । नुवाकोटमा अहिले कतिसम्म हुन थाल्यो भने खोला कब्जा गरेर क्रसर चलाउने व्यापारीहरूले नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरूवा गराउने हैसित बनाइसकेका छन । क्रसरमा लगानी गरेका राजनीतिक डनहरूले सम्मानित सर्वोच्च अदालतको आदेश समेत लत्याइरहेका छन ।
सर्बोच्च अदालतको आदेश समेत नाम्माने परिपाटी शुरु भएपछि नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले कानुन भन्दा माथि कोही नहुने भन्दै उद्योगी व्यवसायीका लागि उद्योग गर्ने वातावरण तयार गरिदिनुपर्ने र उनीहरूले पनि नियम भित्र रहेर काम गर्नुपर्ने बताए । नेपाली कांग्रेस कानुन विपरित हुने कुनै पनि काममा साथ रहन नसक्ने भन्दै को कस्को संलग्नता छ भन्ने विषय आफूलाइ चासो नरहेको बताए ।
यसैगरी नेकपा कुनै पनि किसिमको व्यापारको बिरोधमा नरहेको भन्दै कानुन सबैका लागि समान हुनुपर्छ भन्नेमा दृढ रहेको बताए । सांसद मैनालीले अदालत भन्दा माथि कोही नहुने भन्दै अदालतको आदेशहरू सबैले मान्नुपर्ने बताए । उनले कानुनी सर्वोच्चतामा बिधि र पद्धति स्थापित गर्न प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर । अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।’
नुवाकोट जिल्लाको दुइ नगरपालिका बेलकोटगढी र विदुर गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।
प्रतिक्रिया