नुवाकोटका अवैध क्रसर क्रसर बन्द गर्छु : प्रजिअ ढकाल
नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबैध रूपमा सञ्चालनमा रहेका जिल्लाका सबै क्रसर बन्द हुने बताएका छन ।
प्रमुख जिल्ला अधिकारी ढकालले वर्ड स्टोनको उजुरी पनि आएको र त्यसमा अनुसन्धान भैरहेको जानकारी दिँदै अबैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द हुने जानकारी दिए । ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर । अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।’
नुवाकोट जिल्लाको दुइ नगरपालिका बेलकोटगढी र विदुर एवं लिखु र पञ्चकन्या गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।
पछिल्लो समय जिल्लाको विदुर नगरपालिकाको वडा नम्बर ५ का स्थानीयले सर्वोच्चको आदेशविपरित चलिरहेको वर्ड स्टोन क्रसर बन्द गराउन प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका थिए । उनीहरूले सर्वोच्च आदेश विपरित नदीजन्य पदार्थको उत्खनन् भैरहेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीका लागि निवेदन दिएका हुन ।
स्थानियबासीहरुले वि.स. २०७५/०३/२५ गतेको सर्वोत्त अदालतको आदेश विपरित क्रसर सञ्चालन भएको भन्दै राजकुमार राईसहित ८८ जनाले कारबाहीको माग गरेका छन । सर्वोच्च अदालतको आदेश विपरित बर्ड स्टोन सञ्चालनका लागि नेकपाका नेता समेत रहेका विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भूमिका खेलेको स्थानीयले बताएका छन । सर्वोच्च आदेश लत्याउदै मेयर पण्डितले क्रसर सञ्चालनका लागि सहजिकरण गरिदिएको क्रसरका सञ्चालकहरूले बताएका छन ।
क्रसरको सञ्चालकमा भूकम्प पीडितको जस्ता बेच्न खोजेको आरोप लागेका कांग्रेस नेता रमेश महत, नेकपाका नेता समेत रहेका सञ्जिव श्रेष्ठ, नेकपाकै अर्का नेता राजाराम अधिकारी लगायत रहेका छन । सर्वोच्चको आदेश विपरित क्रसर सञ्चालनका लागि सञ्जिव श्रेष्ठले मेयर पण्डितसँग सेटिङ मिलाएको अन्य सञ्चालकहरू बताउँछन ।
स्थानियबासीले २०५०/०१/१६ गते पिपलटारमा दर्ता भइ सञ्चालनमा आएको वर्ड स्टोन क्रसर विना इजाजत गङगटे भञ्याङ तल तादी खोलामा संचालनमा रहेको सो वडाका वडा अध्यक्षले बताए । स्थानीयले यसअघि पनि नगरपालिकाको नितृत्वलाइ यसका विषयमा पटक पटक ध्यनाकर्षण गराए पनि उनीहरूको मागको सुनुवाइ भएको छैन ।
उजुरीकर्ताहरूले नगरपालिकाले सर्वोच्चको आदेशविपरित कहिले भुकम्पपिडित त कहिले सडक आयोजनाको नाममा खोला दोहन गरेको बताएका छन । घरेलु तथा साना उद्योग विकास समितिका नुवाकोटका अनुसार २०७३ असार मसान्तपछि नुवाकोटका कुनैपनि क्रसर उद्योग नविकरण भएका छैनन् ।अदालको आदेश समेत जनप्रतिनिधिको मिलेमतोमा धोती लगाउन उनीहरू उद्धत देखिएका छन । वहालवाल केही सांसदहरूले समेत क्रसरबाट हप्ते उठाउने गरेको उजुरीकर्ताहरूले गुनासो गरेका छन । यद्यपी जिल्ला प्रशासन कार्यालयले निष्पक्ष छानविन गरेर कारबाही अघि बढाउने विश्वास स्थानीयले गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया