नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो
नुवाकोट । पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ। कोभिडका कारण मृत्यु हुनेहरु महोत्तरीकी एक चार वर्षिय बालिका हुन् भने १० जना पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुइ पुरुषहरुको पनि निधन भएको छ । तीमध्ये एक ७० वर्षका थिए भने एक ३५ वर्षका पुरुष रहेका थिए ।
यसैगरी महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षिय पुरुष, बाराका ६० वर्षिय पुरुष र चितवनका ५२ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । संक्रमित भई ज्यान गुमाउने पर्साका तीन जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये एक ८० वर्षका वृद्ध र ५३ तथा ६० वर्षिय पुरुषहरु रहेका छन् । मकवानपुरका एक ५८ वर्षका पुरुषको पनि कोभिडका कारण निधन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया