डिजेल,पेट्रोल र मट्टीतेलको भाउ फेरि बढ्यो

विदुर खबर २०७७ साउन १८ गते ७:५५

नुवाकोट । डिजेल,पेट्रोल र मट्टीतेलको भाउ पुन : बढेको छ। शनिबार राति १२ बजेबाट लागु हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढेको हो ।

Advertisement

नयाँ बिक्री मूल्य अनुसार काठमाडौं उपत्यकामा डिजेल ९० रुपैयाँ, मट्टीतेल र पेट्रोल १ सय ४ रुपैयाँ तोकिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् । मूल्य समायाेजन पश्चात पनि निगमलाई पेट्राेलमा प्रतिलिटर एक रूपैयाँ २३ पैसा र  डिजेलमा प्रति लिटर एक रूपैयाँ १५ पैसा घाटा रहेकाे निगमकाे विज्ञप्तीमा उल्लेख छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन गरिएको छैन । असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ बढाएको थियो ।

Advertisement

प्रतिक्रिया