नेपाल समाचारपत्र दैनिकबाट साभार ।
त्रिशूली नदीमा संकटको संकेत,विकाससँगै विनाश आउने सरोकारवालाको भनाई
नुवाकोट । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले त्रिशूली बेसिन क्षेत्रको समष्टिगत प्रभाव मूल्यांकन सार्वजनिक गरेको छ ।
अष्ट्रेलिया, नर्वे र जापानको सहयोगमा आईएफसीले एक वर्षसम्म अध्ययन गरी ‘नेपालको त्रिशूली नदी बहाव क्षेत्रमा जलविद्युत् विकासः समष्टिगत प्रभाव मूल्यांकन र व्यवस्थापन’ मार्फत् पँर्वाधार विकाससम्बद्ध सामाजिक र वातावरणीय चुनौतीकाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । त्रिशूली नदी बेसिनको ३२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा ३६ वटा जलविद्युत् आयोजना विभिन्न चरणमा छन् । त्यस क्षेत्रमा जलविद्युत् र अन्य विकास निर्माण आयोजनाका कारण पहिले नै प्रभावित भइसकेको छ । जलवायु परिवर्तन, भिरालो जमिन÷संरचना बग्ने, बालुवा उत्खनन् र शहरीकरणजस्ता कारणले विभिन्न दबाब उत्पन्न भएको अध्ययनको निष्कर्ष छ ।
‘अब कुनै कदम नचाल्ने हो भने नदी र यसमा आश्रित माछा गम्भीर रुपमा प्रभावित हुने साथै मानिसको जनजीविका र विश्वव्यापी रुपमा दुर्लभ स्वर्ण महाशिर (माछाको जाति) को भविष्य संकटमा पर्न सक्छ । अध्ययनले त्रिशूली नदी बहाब क्षेत्रमा व्यवस्थापनका उपाय नअपनाउने हो भने जग्गा अधिग्रहण सम्बद्ध विस्थापन तीव्र हुँदा बालुवा उत्खनन् गतिविधि अझै बढ्नेतर्फ सचेत गराएको छ । त्रिशूली नदीको बहाब क्षेत्रमा अहिले योजना गरिएका सबै जलविद्युत् आयोजना कार्यान्वयन हुने हो भने कम्तीमा पनि ६४० हेक्टर जमिन आवश्यक पर्छ ।’ अध्ययनमा भनिएको छ ।
अध्ययनले प्रस्तावित त्रिशूली जलविद्युत् विकासकर्ता मञ्चमा आयोजना विकासकर्ता, ऋणदाता, नेपाल विद्युत् प्राधिकरण, वातावरणीय र सामाजिक नियामक र अन्य सरोकारवाला सरकारी निकायलाई समावेश गर्न सिफारिश गरेको छ । प्रस्तावित उच्च व्यवस्थापनको सन्दर्भमा, बहाब क्षेत्रका जलविद्युत् विकासकर्ताले एकमुष्ठ प्रभाव व्यवस्थापन बडापत्रमा हस्ताक्षर गर्न आवश्यक रहेको औंल्याइएको छ ।‘नेपालमा जलविद्युत्को महत्वका सम्बन्धमा धेरै अतिरञ्जना आवश्यक छैन र नेपालसँग आगामी क्षेत्रीय ऊर्जा शक्ति बन्ने सम्भावना छ,’ आईएफसीका तर्फबाट नेपाल, भुटान र बंगलादेशका लागि राष्ट्रिय प्रबन्धक वेण्डी वेर्नरले भनिन्–‘तर प्राकृतिक सम्पत्तिको उपयोगका लागि दीर्घकालमा सम्पूर्ण नदी बहाब क्षेत्रमा निगरानी नहुने हो भने सम्भावित नकारात्मक परिणामबाट दीर्घकालमा फाइदाभन्दा पनि हानी हुन सक्छ । त्यसकारणले हामी सबैले यसलाई बुझ्न र धेरै आयोजनाबाट उत्पन्न समष्टिगत असर न्यँनीकरण गरी नेपालमा ऊर्जा क्षेत्रका लागि दिगो विकासमार्ग सुनिश्चित गर्न आपसमा सहकार्य गर्नुपर्छ ।’
‘बहाव क्षेत्रव्यापी वातावरणीय र सामाजिक पहलबिना, असर न्यूनीकरणका लागि आयोजना तहमा हुने पहल अपर्याप्त भइ जैविक विविधता, मानिसको जनजीविका र पारिस्थितिक पद्दति उल्लेख्य रुपमा प्रभावित हुनेछन्,’ आईएफसीका वैश्विक वातावरणीय तथा सामाजिक जलविद्यत् प्रमुख पाब्लो कार्डिनलको भनाइ छ । अध्ययन विश्व बैंक समूह सञ्चालक समितिले त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा अवस्थित ६५ करोड अमेरिकी डलर लगानीको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका स्वीकृत गर्दाकै अभिन्न अंग हो । आईएफसीले आठ अन्तर्राष्ट्रिय ऋणदातासँगै माथिल्लो त्रिशूली–१ मा सहवित्तियकरणमा लगानी गरेको छ । माथिल्लो त्रिशूली–१ का लागि वातावरणीय र सामाजिक मापदण्डको उच्च मानकको व्यवस्था गरिएको छ । यो नेपालमा प्रभावित आदिवासी समुदायको अग्रिम सहमति प्राप्त गर्ने पहिलो आयोजना हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया