विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
नुवाकोट । बिद्यार्थीहरुलाई पठनपाठनमा उत्साहित गराउने उद्देश्यले विदुर ४ बट्टारमा रहेको युनाइटेड आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलासहितको स्टेशनरी सामग्री प्रदान गरिएको छ ।

विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई किताब, कापीका साथै शैक्षिक सामग्री बोक्ने एक÷एक थान झोलासहित स्टेशनरी सामग्रीहरू प्रदान गरिएको हो । कक्षा आठसम्म अध्ययन अध्यापन भइरहेको साे विद्यालयमा अध्ययनरत सबै एक सय ६७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरणा गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतले विद्यार्थीहरूलाई झोलासहितको शैक्षिक सामग्री हस्तान्तरण गरे । विदुर ४ बट्टारमा रहेकाे गाेसाइकुन्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई एक–एक थान झोला, कापी र सिसा कलम उपलब्ध गराएको हो ।

झोलासहितको स्टेशनरी सामग्री कार्यक्रममा विदुर नपा ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित, व्यवस्थापक हरिवंश ढकाल, नेपाल लाइफ इन्स्योरेन्स वट्टारकी प्रमुख अम्बिका श्रेष्ठ, विद्यालयका अध्यक्ष देवनारायण चित्रकारलगायतले हस्तान्तरण गरेका थिए । विद्यार्थीहरूले झोलासहितको स्टेशनरी सामग्री पाएसँगै अध्ययनप्रति निकै उत्साहित भएका छन् ।
कार्यक्रममा विद्यालयका तर्फबाट पूर्व शिक्षकहरू सूर्यमान डङ्गोल र रामबाबु डङ्गोललाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया