उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

विदुर खबर २०७७ साउन ९ गते १२:४१

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको छ ।

Advertisement

सरकारले सबै प्रकारका सभा,गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन,भेला तथा सम्मेलन गर्न लगाएकाे प्रतिवन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघका पूर्वअध्यक्ष बिनोद बहादुर श्रेष्ठले सरकारले सभा सम्मेलन खुला गर्ने निर्णय भएको १५ दिन पछाडि साधारणसभा गर्ने गरी हाललाई स्थगित गरिएको बताए ।

Advertisement

प्रतिक्रिया