नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
नुवाकोट । नुवाकाेटमा नेपाली कांग्रेसका सभापति गगन थापालाइ १० किलाेकाे माला लगाइएको छ ।
नुवाकोटको बट्टारमा आयोजित नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को आयोजनमा भएको चुनावी कार्यक्रममा आइपुगेका थापालाई जिल्लाका विभिन्न नेताहरुले सामुहिक रुपमा १० किलोको माला लगाइदिएका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै थापाले पार्टीभित्र पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता दोहो-याए । “अब काङ्ग्रेसका हरेक गतिविधिको महिना महिनामा लेखाजोखा गरिनेछ,” उनले घोषणा गरे । पार्टी सञ्चालनलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने दिशामा कदम चालिने उनले बताए।
फरक प्रसङ्गमा उनले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र गुणस्तरहीन प्रवृत्तिलाई अन्त्य गर्न कानुनी सुधार आवश्यक रहेको धारणा राखे । “सडक निर्माण सस्तोमा सक्ने प्रतिस्पर्धाभन्दा छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्ने कम्पनीलाई जिम्मा दिन मिल्ने कानुन बनाउनुपर्छ,” उनले भने।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया