नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
नुवाकोट । नुवाकोटको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताहरूको उत्साहजनक आकर्षण देखिएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा मागभन्दा ४१.०६ गुणा बढी आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा आज साँझसम्ममा २० लाख ४९ हजार २८५ जना आवेदकले कुल २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन सङ्ख्या निष्कासित शेयर कित्ताको तुलनामा ४१ गुणाभन्दा बढी हो।
लगानीकर्ताहरूले कुल २ अर्ब ३५ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन्। फेब्रुअरी १ (माघ १९ गते) बाट निष्कासन खुला गरिएको यस आईपीओमा आवेदन दिने म्याद भोलि, फेब्रुअरी ४ (माघ २१ गते) सम्म रहेको छ।
मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण यो शेयर गोला प्रथा बाट मात्र बाँडफाँट हुने निश्चित भएको छ। गोला प्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५७ हजार २४३ जना आवेदकले मात्र १०–१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी झण्डै २० लाख आवेदकको हात खाली हुने देखिन्छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालिरहेको छ। शेयर बजारमा पछिल्लो समय जलविद्युत कम्पनीहरूको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको यस तथ्याङ्कले पुनः पुष्टि गर्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध
नुवाकोटको सुर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो
नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ





प्रतिक्रिया