नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश

विदुर खबर २०८२ फागुन १८ गते २२:०९

नुवाकोट । नुवाकोट–१ नं. निर्वाचन क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी हालसम्म १,६२७ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

Advertisement

नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका अनुसार पार्टी प्रवेश गर्नेमा अधिकांश युवा रहेका छन् ।

कमिटीका अनुसार नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न दलका जिल्ला पदाधिकारी, भातृसंगठनका नेतृत्व, पालिका तथा वडा कमिटीका पदाधिकारी, बहालवाला निर्वाचित वडा अध्यक्ष तथा नवमतदातासहितको जम्बो टोली एमालेमा प्रवेश गरेको जनाइएको छ।

Advertisement

पालिका अनुसार प्रवेश गर्नेको संख्या यस्तो छः

दुप्चेश्वर गाउँपालिका – ३९४ जना

Advertisement

ककनी गाउँपालिका – ३०७ जना

सूर्यगढी गाउँपालिका – ३०३ जना

शिवपुरी गाउँपालिका – १०५ जना

लिखु गाउँपालिका – ९७ जना

तादी गाउँपालिका – ७२ जना

पञ्चकन्या गाउँपालिका – ६७ जना

यसैगरी, पालिकाभरिबाट जेनजी पुस्ता, नवयुवा तथा तटस्थ व्यक्तिसहित थप २८२ जना एमालेमा प्रवेश गरेका छन्। निर्वाचन परिचालन कमिटीका संयोजक सुशील खड्काका अनुसार प्रवेश गर्नेहरू मध्ये करिब ६७ प्रतिशत युवा रहेका छन्।

प्रतिक्रिया