पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

विदुर खबर २०७७ साउन ५ गते १२:२२

रसुवा ।आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको छ । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस क्षेत्रमा बर्खा सुरु भएयता पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा भने गाडी चलिरहेका छन् ।

Advertisement

प्रतिक्रिया