लगातारको वर्षाले ठुलो ढुङ्गाहरु खसेपछि शिवपुरीका याताया अवरुद्ध

विदुर खबर २०७५ असार ३१ गते ७:३९

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेविको गुर्जे समुन्द्रादेवि मानेभञ्ज्याङ सडकखण्ड अन्तरगत समुन्द्रादेविको स्यालपिङ खोला नजिक माथिबाट ठुलो ढुङ्गा खसेर सडकमा बसेकोले सडक बन्द भएको छ ।

Advertisement

आवतजावत बन्द भएपछी यो सडक भएर जिल्लाको पुर्वि भेगमा चल्ने यातायात अबरुद्ध बनेको छ। यहीँ सडक भएर शिवपुरीको समुन्द्रादेवि, सिक्रे, लिखु, छाप, महाकाली, तलाखु, मानेभञ्ज्यङ पुग्ने स्थानीयलाई सास्ती भएको छ ।

खसेको ढुङ्गा ठूलो भएकोले डोजरले ब्रेकर लगाएर फुटाई हटाउनुपर्ने समुन्द्रादेविका स्थानीय बासिन्दा बिष्णु श्रेष्ठ बताउनुहुन्छ ।

Advertisement

ढुङ्गा हटाउने पहल र प्रयास भईरहेको शिवपुरी गाउँपालिका वडा न ६ का वडा सदस्य ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो

प्रतिक्रिया