रसुवाका यि व्यक्तिहरुमा देखियो कोरोनाको संक्रमण

विदुर खबर २०७७ असार १३ गते २१:३०

रसुवा। रसुवामा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

शनिबार आठ जना महिला र एक जना पुरुष गरी नौ जनामा कोरोना देखिएसँगै कोरोना ७७ जिल्लामा नै फैलिएको छ । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिर्पोट आएको हो । जिल्लाको नौकुण्ड गाउँपालिकाका २२, २७, २३, २८, २२, २८, २२, २२, २३ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले पिसिआर पोजेटिभ आएका नौ जनामा कुनै पनि लक्षण नदेखिएकोले त्रसित नहुन र सतर्क रहन सुझाव दिए । उनीहरूको बिहीबार १४ दिन पुगेको भएपनि रिर्पोट नआएपछि क्वारेन्टिनमा नै राखिएको थियो । नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले आइतबार बैठक बसेर आवश्यक निर्णय गरिने बताइन् । विमानस्थलबाट सिधै आएर क्वारेन्टिनमा बसेकाले नआत्तिन उनले सुझाव दिइन् । एक हप्तापछि स्वाब संकलन पठाउने उपाध्यक्ष लामाको भनाइ छ ।

Advertisement

जिल्लामा हालसम्म ५७ जनाको आरटी–पिसिआर गरिएकोमा ९ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको हो ।

प्रतिक्रिया