रसुवा । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।
कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए । तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए ।
त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको मिलेमतो पुष्टि भएको कोइराला बताउँछन् । आयोगका अनुसार टिमुरेका हवल्दार रामकाजी लामाले रिमालबाट घटनाबारे जानकारी पाए पनि कसैलाई रिपोर्ट गरेनन् । र, सुन लुकाउन रिमाललाई सहयोग गरेको भेटिएको छ ।
हवल्दार पुरुषोत्तम खत्रीले बरामद सुन लुकाएको देखिएको आयोगको भनाइ छ । उनले सुन लुकाए पश्चात पटकपटक रिमालसँग सम्पर्क गरेको देखिएको छ । आयोगले यसरी चार जनाको घटनामा संलग्नता पुष्टि भएको बताउँदै अदालतमा मुद्दा दायर गरेको हो । सबै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसूर गरेको अभियोग छ भने विगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको छ ।














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया