कोरोनाको कहर र हाम्रो प्रयास
विदुर खबर
२०७७ असार ४ गते २२:२४

शैलेश श्रेष्ठ
कोरोना भाइरसका कारण आज विश्वका धेरै मानिसले अकालमा ज्यान गुमाउन परको तितो सत्य हाम्रो सामु ब्यापक भइरहेको छ । यस अवस्थामा यसबाट बच्नु र अरुलाइ बाँच्न सहयोग गर्नु हामी मानव जातिको कर्तब्य हुन आउँछ । हाल युरोपका इटली,स्पेन र फ्रान्समा जुन भयाभह अवस्था देखिदैंछ त्यसबाट पाठ सिकेर हामीले आफु र आफ्नो परिवार संयमताका साथ घरभित्र बसी सादाभोजन,व्यायाम,ध्यान र अध्ययन गर्ने, आफ्नो छरछिमेकलाई पनि आफ्नो व्यवहारले पाठ सिकाउनु नै ठूलो योगदान हुन आउँछ । यो व्यवहारले आफु र आफ्नो परिवारलाई बचाउँने मात्र होइन समाज र राष्ट्र समेत बचाउनका लागि ठूलो सहयोग गरेको ठहरिने छ ।
हाम्रो संयमताका कारण जो नजानेर वा बाध्यतावस सँक्रमित हुनपरेको हाम्रा दाजुभाई दिदीवहिनी, आमा बुवाहरु हुनुहुन्छ, वहाँहरुलाई उपचारको अवसर दिलाएर बाँच्ने अवसर प्रदान गर्नु मानव धर्मको राम्रो उदाहरण हुनेछ । बाहिर देशमा बाध्यताले गर्दा जान परेका सँक्रमित भएका नेपालीहरुलाई घृणाको दृष्टिले हेर्ने होइन कि माया, सहयोग र हौसलाको खाँचो देखिएको छ । वाहिरबाट स्वदेश आएकाहरु सबैलाई क्वारेन्टाइनमा राखि जाँच गर्ने, सँक्रमितहरुलाई उपचारको अवसर दिने, सँक्रमणमा नपरेकाहरुलाई आफ्नो घर जाने व्यवस्था गर्नु राज्यको दायित्व हुनआउँछ । समयमा यसो गर्न सकेमा सँक्रमणमा न्यूनिकरण गर्न सकिन्छ । आफ्नो जन्मभूमीमा आउन पाउनु सबैको जन्मसिद्व अधिकार हो । आफ्नो देशमा रोजगारी दिन नसकेर बिदेशमा जान बाध्य जनतालाई बाहिर देशबाट लखेटि राखेको यस घडीमा उनीहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हुन आउँछ । युवाजमातले पठाएको बिप्रेषणबाट देश चलेको अवस्था हामी सबैलार्ई विदित नै छ । आज उनीहरुलाई अप्ठेरो पर्दा छिमेकी राष्ट्रले आश्रय दिएको देख्नपर्दा जो कोहिको पनि हृदय पोलेर आउँछ । अन्तरष्ट्रिय जगतमा पनि प्रतिष्ठाको सवाल हुन्छ । यसमा राज्यको ध्यान चाँडोभन्दा चाँडो जान जरुरी छ । सहज परिस्थितिमा त जस्ले पनि आफ्नो व्यवस्था दुःख सुख गरेको नै हुन्छ, असहज अवस्थामा राज्यले आफ्नो उपस्थिति देखाउन आवश्यक छ ।
आज राज्यले र हामी जनताले द. कोरिया,चीन र ताइवान जस्ता देशहरुबाट सफलताका पाठ सिकेर समयमा सतर्कता अपनाउन सक्यौं भने अमेरिकामा र भारतमा जस्तो भयाभह स्थितिबाट मुक्ति पाउन सकिने छ । हामीसँग भयाभह अवस्था आउन नदिनको लागि अझ पनि प्रसस्त समय छ । हाम्रो देशमा स्वास्थको क्षेत्रमा चाहिने मानव निर्मित वैज्ञानिक उपकरणहरुको निर्माण हुदैन, बिकशित देशवाट ल्याइएका महङ्गा उपकरणहरुमा हामी गरीब नेपालीको पहुँच असम्भव देखिन्छ । आज देशका बहुसंङख्यक जनताले सामान्य जीवनजल र सीटामोल नपाइ राखेको अवस्थामा कोरोना जस्तो मृत्युदायि रोग जसको लागि भेन्टिलेटर जस्तो महङ्गो उपकरणवाट उपचार पाउनु त धेरै टाढाको कुरा हो । अहिलेको यस बिषम परिस्थितीमा सँक्रमित भई जीवन मरणको घडीमा पुगेका दीर्घरोगि तथा बृद्वहरुको लागि सहयोग गर्ने हो भने सँक्रमितको सँख्यामा न्यूनिकरण गरी अस्पतालहरुमा चाप कम गराउनु र भएका सिमित श्रोत र साधनहरुलाई प्राथमिकताका आधारमा उपलब्ध गराउनु अस्पतालहरु र चिकित्सकहरुको दायित्व हुनेछ । नेपाल जस्तो सानो र गरिब मूलूक जुन आन्तरिक तथा बाह्य तत्वबाट उत्पत्र यस्ता खालका प्रकोपहरु बाट छिटोभन्दा छिटो प्रभावित भई ग्रसित बत्र सक्ने सम्भावना रहन्छ । यसबाट उन्मुक्ति पाउन धेरै चुनौतीहरूको सामना गर्न हामीले समयमा संयमता अपनाएनौ भने भोलिका दिनहरूमा झन् कठिन परिस्थिति नआउला भत्र सकित्र । तर सँक्रमित भएकाहरुलाई आइसोलेसनमा राख्दैमा बीना उपचार तडपिएर बस्दा झन झन मनोवल कमजोर हुनेहुँदा भाइरस सँग लडेर बिजय प्राप्त गर्न सक्ने अवस्थाका मानिसहरु पनि मृत्युको मुखमा पुग्ने अवस्था आउन सक्छ । हाम्रो देश सानो र गरिब भएतापनि चुनौतिहरुसगँ सामना गर्न हाम्रा सामु थुप्रै अवसरहरु विद्यमान पनि छन् । नेपाल प्रकृतिका अनुपम उपहारले भरिभराउ देश हो । यहाँका जनतामा प्रकृतिका यी अमुल्य वरदानहरुलाई कसरी उपयोग गर्नुपर्छ भत्रे र प्रकृतिसंग कसरी मिलेर बस्नुपर्छ भत्रे राम्रो ज्ञान पनि छ ।
यदि त्यो सीप र ज्ञानलाई समयमा सदुपयोग गर्न सकेमा हाम्रो जीवन संकटमा परेको यस घडीमा हामीले अवश्य उन्मुक्ति पाउने छौं । हाम्रा देशका जनता धेरै दुःख कष्ट र अभावमा नै हुर्केका, परिश्रम र मेहनतमा बाँचेका, जस्तो सुकै आपत विपतमा पनि सामना गर्न सक्ने सामर्थ्यका छन् । आज विश्वव्यापिकरण, शहरीकरण र रोजगारीको अभावका कारण बैदेशिक रोजगारीमा जान बाध्य हाम्रा युवा दाजुभाई दिदिवहिनीहरु आ—आफ्नो घरआँगनमा सकुशल पुग्न पाए भने स्वच्छ हावापानी,उमालेको पानी, पारिवारिक माया, ममता र हाम्रा गाउँघरमा पाइने नेपाली जरीबुटीको परम्परागत ज्ञानको प्रयोगबाट सँक्रमितहरु पनि कोरोना भाइरस सँग लडेर बिजय प्राप्त गर्नेछन् भने सँक्रमित नभएकाहरु पनि सँक्रमित हुनबाट बच्न क्षमता बृद्वि गर्नेछन । विश्वमा यस्ता भयाभव अवस्था धेरैपटक नआएका होइनन् ।हाम्रा पुर्खाले अहिले जस्तो प्रविधिको विकाश नभएको अवस्थामा पनि यस्ता जटिल रोगहरु सित लड्न प्रकृतिको नै सहारा लिएको इतिहास हाम्रा सामु छ । हाम्रो परम्परा र सँस्कृतिले पनि यस्तै सिकाएको छ । हामी काँचो खाँदैनौ,हाम्रो खानामा धेरै थरिका औषधिजन्य जरीबुटी मिसाएर पकाउछौ, निर्वाहमुखी कृषि प्रणालि भएपनि, विविध किसिमका खानाका परिकार खान्छौ,जसमा मिसावटको आभास हुदैन । हामी ताजा खान्छौ, मेहनत गछौ, पसिना बगाउँछौं । यस्ता धेरै सकरात्मक कुराहरु हाम्रा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने व्यवहार हुन् । त्यसैले हामी, अनुशासित, सहनशील सहयोगि र परिश्रमी बनौं ।
आपतमा परेकालाई साथ दिऔं, आफ्नो देशमा, आफ्नो प्रकृतिमा उपलब्ध मुल्यवान जडीबुटीको प्रयोग रैथाने ज्ञानको आधारमा गर्न सिकौं । विश्व नै आक्रान्त भइरहेको यस विषम परिस्थितिमा आफ्नै क्षमता बढाउन र कोरोना भाइरसबाट बच्न सामुहिक प्रयत्न गरौं ।
लेखक श्रेष्ठ लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका समाजसेवी हुन् ।
लेखकसँग सम्बन्धित सामाचार
लिखु गाउँपालिकालाई शिल गरौ, चेकजाँचलाई तिव्रता दिऊ
लिखु गाउँपालिकालाई शिल गरौ, चेकजाँचलाई तिव्रता दिऊ
लिखुको चौघडामा विवाद हुँदा एक जना गम्भीर घाईते
समाजसेवी श्रेष्ठद्धारा स्यानिटाइजर,माक्स,सावुन र थर्ममिटर वितरण
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया