नुवाकाेट देशभरमै दाेस्राे बन्याे

विदुर खबर २०८२ चैत २४ गते १४:३१
CDO Office nuwakot

नुवाकाेट । गृह मन्त्रालयले सार्वजनिक गरेकाे कार्यसम्पादन मुल्याङकनमा नुवाकाेट जिल्ला समग्र देशभरमा दाेस्राे बन्न सफल भएकाे छ ।

Advertisement

गृह मन्त्रालयले सार्वजनिक गरेकाे चालु अार्थिक वर्ष २०८२/८३ काे दाेस्राे त्रैमासिककाे कार्य सम्पादन मुल्याङकनमा नुवाकाेट जिल्ला देशभरमा दाेस्राे बन्न सफल भएकाे हाे ।

मन्त्रालयले गरेकाे मुल्याकङकाे २०.५ पुर्णाङकमा नुवाकाेटले १९.३७ अंक ल्याएर दाेस्राे बनेकाे हाे । नुवाकोटभन्दा १९.५ अंक ल्याएर हिमाली जिल्ला मनाङ पहिलो बनेकाे छ । डोटी, पर्वत, रूपन्देही र स्याङ्जाले समान १९.२५ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।

Advertisement

मूल्यांकन प्रक्रियामा जिल्ला प्रशासन कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको विवरण अनलाइन प्रणालीमार्फत अपलोड गर्नुपर्ने व्यवस्था छ । मन्त्रालयका अनुसार यो मूल्यांकनले जिल्लाहरूबीच विकास, सुशासन र सेवा प्रवाहमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ ।

देशको राजधानी रहेको काठमाडौं जिल्ला ७७ औं स्थानमा सीमित भएको छ ।

Advertisement

त्यस्तै छिमेकी जिल्ला रसुवा ८ अाै स्थानमा परेकाे छ । रसुवाले १९ अंक हात पारेकाे छ ।

प्रतिक्रिया