राजनीतिक यात्रामा बिश्राम

विदुर खबर २०८२ फागुन १० गते ५:४१

म राजनीतिक रुपमा चेतनशील मध्यम वर्गीय परिवारमा जन्मिएको, हुर्किएको व्यक्ति हुँ।

Advertisement

मेरो पिताले पंचायतको प्रतिबन्धित कालमा नै नुवाकोटमा कांग्रेस हुर्काउँदै प्रजातन्त्रको लागि जेलनेल यातना र संघर्ष गर्नुभयो । हामीपिताको माया र स्याहार नपाएरै हुर्कियौं । बालखैमा राजनीतिक चेत पस्यो । म २०४८ सालको आमचुनावदेखि हरेक राजनीतिक घट्नाक्रमसँग नजिकबाट सामिप्यता राख्दछु ।

२०४९ सालको स्थानीय निर्वाचनदेखि निरन्तर भोट हालिरहेको छु । कलेज जीवनमा बिद्यार्थी संगठनमा सकृय भएर स्वबियू चुनाव पनि लडेको हुँ । तर, पार्टी राजनीतिमा कहिल्यै कुनै पार्टीमा लागेको थिइनँ ।

Advertisement

पिताजी २०४६ सालको आन्दोलनलगत्तै नुवाकोट कांग्रेसको सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । तर, उहाँले पार्टी संगठनमा दुःख गर्ने बाहेक मृत्यू पर्यन्त कुनै अवसर पाउनुभएन । नुवाकोटका जनतामा पपुलर भएर पनि उहाँलाई पार्टीले कहिल्यै जनतामा जाने मौका दिएन । अवसर खोज्नेहरु आए, सेटिङ मिलाए र खाए । म त्यसैबेला देखि नै दलहरु भित्रका हरेक राजनीतिक परिघटना र चलखेलबारे जानकार छु ।

म समग्र (होलिस्टिक) विकास, सामाजिक कल्याण,जनपहुँच, स्वतन्त्रता, मानवअधिकार र न्यूनतम सरकारी नियन्त्रणमा आधारित ‘राईट टु सेन्टर’विचारधारामा विश्वास र समर्थन गर्छु। समृद्ध नेपालअनि स्वाधिनजनता मेरो उद्देश्य, लक्ष्य र सपना हो ।
हरेक व्यक्ति र दलसँगआफ्नै विचारधारा र सोच हुन्छभन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु ।पछिल्ला दिनमा विभिन्न फोरमहरूबाट “नयाँ पार्टीसँग स्पष्ट राजनीतिक विचारधारा छैन”भन्ने व्यापक सुनिन्छ। यो चुनावमा राष्टिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो शक्तिको रुपमा देखिएको छ, तर पनि उसले प्रष्ट बिचारधारा भने ल्याउन सकेन ।

Advertisement

चुनाव घोषणापछी बलियो शक्तिको रुपमा उदाएको रास्वपाका रवि लामिछाने र बालेन शाहका हरेक भाषण सुन्दा ९० प्रतिशत शब्दमा निर्माण, समृद्धि र चेतनाका कुराभन्दा आक्रोश, ईश्र्या, गाली, प्रतिशोध अनि ठोक्छौं–थुन्छौं भन्ने भावनामात्रै देखिन्छ ।

सबैजसो दलहरू प्रायः एक व्यक्तिको इच्छाअनुसार चल्नेवा सानो गुट/सिन्डिकेटद्वारा निर्देशितहुने गरेको देखियो । त्यहाँ नैतिकता र राजनीतिकविचारधाराको अपमानभयो, कुनै स्थान रहेन।

जुनसोच, भावना र उत्साहका साथहामी रास्वपामा जोडिएका थियौं । र, ३ तिनबर्ष जुन जोश जाँगर र मेहनतका साथ काम गरेका थियौं । पार्टीभित्रै बसेर कामगर्दा देखेको अनेकनप्रकरणहरुले म निराश छु । बाहिर जनताहरुमा ठुलो आशा र अपेक्षा छ, तर भित्र हामी पलपल पश्चाताप माथि थियौं ।

छोड्नेबेला पार्टीलाई गालीगलौज गर्ने र अनेकन दोष लगाउने पक्षमा म छैंन । आफ्नो पार्टीमा रहँदा देवत्वकरण गरिएकाव्यक्तिलाई छोडेको दिन राक्षसीकरण गर्ने प्रवृत्तिको पनि म बिरोधी हुँ । मैले रास्वपामा बिभिन्न जिम्मेवारी लिएको थिएँ,वित्तिय क्षेत्र र पुँजीबजार हेर्ने केन्द्रीय बिभागदेखि निर्वाचन परिचालनसम्म । अबभने आफ्नै आत्मा र विवेकले नमानेपछी म त्यो जिम्मेवारी पुरा गर्न नसक्ने अवस्थामा पुगेँ ।

यसर्थ आजकै दिनदेखि रास्वपामा रहेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै साधारण सदस्य समेत नरहने गरी राजिनामा स्विकृत गरिदिनुहुन पार्टी नेतृत्वलाई आग्रह गर्दछु । मलाई पार्टीमाअवसर दिएर राज नीतिक पहिचान दिलाउन सहयोग गर्ने रास्वपा पार्टी पंक्ति सबैलाई मनैदेखि कृतज्ञता जाहेर गर्दछु ।

रास्वपाभित्र धेरै साथीहरु साँच्चिकै असल छन, उहाँहरुको समर्पण र भावनामा ठेस नपुगोस । तपाइँहरु राम्रो गर्नुस, सहीलाई सही र गलतलाई गलत नै भन्नुस । पार्टी बाहिर रहे पनि आपसी भाईचारा, सदभाव र सहकार्य सधैं रहने बिश्वास दिलाउँछु ।

खासमा म आफुलाई राजनीतिक ‘जिनिस’मान्दिनँ । म व्यवशायीक व्यक्ति हुँ । आजसम्म जुन पेशा र व्यवशायमा रर्हेँ, पूर्णरुपमा ईमानजमानका साथ व्यवशायीक कर्म नै गरेको छु र सफल पनि भएको छु ।

म तत्काल कुनै पार्टीमा संलग्नहुने पक्षमा छैन । सदैव व्यवशायीक र सामाजिक काममा संलग्न हुनेछु । नुवाकोटको माटो र नुवाकोटका जनताको पक्षमा सधैं बोल्नेछु, लेख्नेछु सकेको गर्नेछु ।

मैले आस्था र सिद्धान्त छोडेको हैन, बाटो मोडेको हो । म त्यस ठाउँको लागि उपयुक्त छैन भन्ने लागेपछी पन्छिएको हो ।
छोटो समयको राजनीतिक यात्राले धेरै कुरा खुलस्त भएको छ । अब राजनीति बिनाको व्यक्तिगत जीवनमा आम जनतासँग घुलमिल हुनझनै सहज हुनेछ ।

मेरो यो निर्णयबाट खुशी मान्ने साथीहरुलाई धन्यवाद दिन्छु, दुःख मान्ने साथीहरुसँग माफी माग्छु । राजनीति भन्दा बाहिर पनि संसार छ । यात्रा अझै लामो छ, कुनै मोडमा भेट भईहाल्नेछ ।

तपाइँहरुको शुभचिन्तक दिनेशआचार्य


प्रतिक्रिया