Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटका फुटबलर राजकुमार मलेसियामा सेक्युरिटी गार्डको काम गर्दै

प्रकाशित मिती: २७ जेष्ठ २०७७, मंगलवार ०९:०३

नुवाकोट । नुवाकोट बट्टारका राजकुमार कुमाल दुई वर्षअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश-३ फुटबल टिमका मुख्य खेलाडी थिए।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

राष्ट्रिय प्रतियोगितामा प्रदेशको टिममा स्थान बनाएपछि कुमालले सी डिभिजन लिग खेल्ने अवसर पाए। ओएसिस क्लबबाट उनले मिडफिल्डमा राम्रो खेल देखाए। सन् २०१९ को सिजनमा ओएसिस दोस्रो भएको थियो। त्यसताका उनले नुवाकोट युनाइटेड क्लबबाट केहि प्रतियोगिता पनि खेले।

राष्ट्रिय फुटबलमा प्रदेश स्तरीय टिम र लिगमा सी डिभिजनपछि माथिल्लो स्तरको फुटबल खेल्ने कुमालको लक्ष्य थियो। फुटबल राजनीति र व्यावसीयकताको अभावले उनको इच्छा पूरा हुन सकेन।प्रतिभा भए पनि पहुँच बाधक बन्यो। माथिल्लो डिभिजनको क्लब वा विभागीय टिममा उनले स्थान पाउन सकेनन्। नुवाकोट बट्टारका स्थायी बासिन्दा कुमालसामू परिवार पाल्नका लागि वैदेशीक रोजगारीको जानुको विकल्प थिएन। उनी तीन महिनाअघि मलेसिया पुगे र सेक्युरिटी गार्डको काम थाले।

कोरोना महामारीकै बीच मलेसिया पुगेका कुमालको फुटबल मोह ड्युटीमा पनि घटेको छैन। उनी ड्युटीमै बल लिएर पुग्ने गरेका छन्।’सानैदेखि फुटबलको नासा लाएको थियो। त्यहिँ भएर ड्युटीमा पनि बल लिएर जाने गरेको छु,’ कुमालले मलेसियाबाट भने,’खाली समय फ्रिस्टायल गरेर बस्छु।’ १२ घन्टाको ड्युटी भए पनि कोरोना भाइरसका कारण अहिले कामको चाप छैन। ‘काम कम भएपनि फुटबल खेलाएर बस्ने गरेको छु, त्यसैले दिन कटाउन गाह्रो छैन,’ उनले भने।केहि दिनअघि उनले ‘ट्वाइलेट पेपर’ लाई खुट्टाले खेलाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

चितवनका उनका एक जना साथीले सुरुमा पोस्ट गरेको भिडिओ गोल नेपाल डटकमले पनि पोस्ट गरेको थियो।गोलनेपालले लेखेको थियो, ‘केहि वर्ष अघिसम्म सी डिभिजन लिग खेल्दै थिए। नेपालमा पदमा बस्ने र केही राष्ट्रिय खेलाडीबाहेक अरुको भविष्य त्यति राम्रो नहुने देखे पछि उहि त हो, आफ्नै सबैको प्यारो गन्तब्य मलेसिया आइपुगे। अहिले कोरोना समयमा काम गर्दै, फुटबल सँगै (अहिले ट्वाइलेट पेपर च्यालेञ्ज) दिन बिताउँदैछु। – राजकुमार कुमाल, मलेसिया।’

कुमाल मलेसिया जानु आफ्नो बाध्यता भएको बताउँछन्। ‘हामी जस्ता फुटबलरका लागि नेपालमा कुनै भविष्य छैन। त्यसैले परिवार पाल्नका लागि विदेश पलायन हुनु मेरो बाध्यता हो,’ उनले भने।उनी मलेसिया पहिलो पटक पुगेका भने होइन। २०७१ सालमा फुटबल करिअर त्याग्दै उनी मलेसिया पुगेका थिए। मेलसिया पुगेको केहि महिनामै नेपालमा भूकम्प गयो। त्यहाँ पुगेको केहि सयम मात्र भएकाले घर फर्कन पाएनन्। ‘पाँच वर्षअघि मलेसिया आउने बित्तिकै भूकम्प गयो, अहिले देशमा लकडाउन छ, कहिलेकाहिँ त मेरो लक नै यस्तो हो कि जस्तो लाग्छ,’ उनले भने।

तीन वर्ष मलेसिया बसेर फर्केका उनले फुटबलमा फेरि भविष्य खोजेका थिए। तर आठौं राष्ट्रिय खेलकुद र सी डिभिजनमै सीमित हुनु पर्‍यो। उनी एन्फाको यु-१६ छनोटमा पनि अन्तिम समयमा फालिएका खेलाडी हुन्। ‘एन्फाको यु-१६ को छनोटमा सबैले राम्रो भनेका थिए। मेरो प्रतिभा देखेर प्रशिक्षकहरू पनि खुसी हुनु भएको थियो। बोलाउने भन्दै फोन नम्बर लिएर जानु भएको थियो,’ कुमाल भन्छन्,’तर पछि किन हो कुन्नी बोलाउनु भएन।’

बाल्यकालदेखि नै राष्ट्रिय जर्सीमा खेल्ने सपना बुनेका कुमालले अझै हिम्मत हारिसकेका छैनन्। अवसर पाएको अवस्थामा विदेशमा हुने गरेको प्रवाशी फुटबल प्रतियोगितामा नेपाली टिमबाट खेल्नका लागि मिहिनेत गरिरहेका छन्।

सेतोपाटीबाट साभार ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
डिफेन्डिङ्ग च्याम्पियन पुलिस बागमतीसँग ७ विकेटले पराजित
नेपाल क्रिकेट संघ र एड प्याडबीच सम्झौता, एड प्याडले जर्सीका लागि प्रायोजक खोज्ने
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने
‘आईसीसीकाे एसाेसिएट प्लेअर अफ द डिकेडमा पारस खड्का
पाकिस्तानले जिम्बावेलाई ६ विकेटले हरायो
ढाका पुगेको नेपाली फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
राष्ट्रिय फुटबल टोलीका कप्तान भन्छन् प्रशिक्षण पर्याप्त भएन
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]