रसुवाको स्थानीय तहको लागि बजेट १ अर्ब १ करोड बजेट विनियोजन
रसुवा । रसुवाको स्थानीय तहको बजेटमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा आउँदो आर्थिक वर्ष २०७७/७८ को बजेट वृद्धि भएको हो । जिल्लाको पाँचवटा स्थानीय तहलाई आउदो आर्थिक वर्षका लागि १ अर्ब १ करोड ९४ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ८२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो चालु आर्थिक वर्षको तुलनामा १९ करोड ५७ लाख बढी हो ।
आव २०७५/७६ को तुलनामा चालु आवमा ३ करोड ५८ लाख बजेट घटेकोे थियो । आउदो वर्षका लागि वित्तीय समानीकरण अन्तर्गत ३९ करोड ४४ लाख, सर्शत अनुदान अन्तर्गत ५७ करोड ४२ लाख, विशेष अनुदान तर्फ ३ करोड ६० लाख र समपुरक अनुदान तर्फ १ करोड ४८ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि विशेष तथा समपुरक अनुदान शीर्षकमा बजेट थिएन । जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ७ करोड ८९ लाख, सशर्त अनुदान अन्तर्गत ११ करोड ९४ लाख, विशेष अनुदानमा २ करोड गरी २१ करोड ८३ लाख बजेट विनियोजन भएको छ ।
कालिका गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड १९ लाख, सर्शत अनुदान अन्तर्गत ११ करोड ७९ लाख, विशेष अनुदानमा १ करोड ६० लाख र समपुरकमा १ करोड ४८ लाख गरी २३ करोड ६ लाख बजेट विनियोजन भएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ७ करोड ९९ लाख र सर्शत अनुदान अन्तर्गत १२ करोड १७ लाख गरी २० करोड १६ लाख, नौकुण्डमा वित्तीय समानीकरण अन्तर्गत ८ करोड ६६ लाख, सर्शत अनुदान अन्तर्गत १३ करोड ४ लाख गरी २१ करोड ७० लाख बजेट विनियोजन भएको छ । यस्तै आमाछोदिङ्मो गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करोड ७१ लाख र सशर्त अनुदान अन्तर्गत ८ करोड ४८ लाख गरी १५ करोड १९ लाख बजेट विनियोजन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया