अन्धविश्वास र जातीय भ्रमले आक्रान्त नेपाली समाज

विदुर खबर २०७७ जेठ १७ गते १८:२८
सल्मा बेगम

                                                          सल्मा बेगम

“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन“ लक्ष्मी प्रसाद देबकोटाको यो भनाइ जती लोकप्रिय भएता पनि यो वाक्यले व्यवहारिकता भने आज सम्म पाउन सकेको छैन ।

Advertisement

अन्धबिस्वास र जातीय भ्रमले आक्रान्त नेपाली समाज अहिलेसम्म पनि वास्तविक सदभावलाई जीवन्त प्रदान गराउन सकेको छैन । धर्म एवम परम्पराको नाममा कथित उपल्लो जातले तल्लो एम् िअछुतोको दर्जा दिएर सामाजिक अपहेलना ,घृणा दमन तथा दुस्क्रम गर्ने पद्दतिलाई आजको वैज्ञानिक युगले समेत हटाउन सकेको छैन । “नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो “ भन्ने गरिएता पनि यो साझा भनिने शब्दलाई निष्कृय गराई, कुसंस्कारी व्यभिचारी र दमनकारी शासन नीतिलाई अवलम्बन गरी जातित्वको दम्भ बोकेको समाज भनेर बुझ्न सक्दछौं।

जेठ १० गते गते घटेको पुर्ब रुकुमको घटना पक्कै पनि सानो घटना थिएन,मानबता भन्ने शब्दलाई लत्याइयो, यो घटना यस्तो क्रुरता र असभ्यताको प्रतीक थियो कि यसको विषयमा जति लेखे पनि कम हुन्छ । हुन त नेपालको लागि तेस्तो घटना कुनै नौलो र पहिलो त होइन, तर पनि २१ औ शताब्दिमा आइ पुग्दा पनि अन्तरजातिय प्रेम र विवाहको इच्छा राखेकै कारण दिनप्रतिदिन तल्लो जातको मानिने मानिसको जीवनले ज्यान कै बलि चडाउनु पर्ने घटना अकल्पनिय छ । हामी आजपनि सुन्दै आइ रहेका छौ, धारामा पानी छोएकै निउमा कुटिएका ,अन्तर्जा्तिय प्रेम र बिबाहका कारण शारीरिक तथा मानसिक यातना दिएको ,गरिब तथा एकल महिलालाई बोक्सीको नाममा कुटपिट र गुमुत्र ख्वाएर समाजिक बहिस्कार गरिएका, गरिब पीडितका छोरी चेलीका अस्मिता लुटियका बलात्कार र हत्याका कुरा ।

Advertisement

परापुर्ब कालदेखि ठुला बडाको घरमा दास ,लुगा सिउने,जुत्ता सिउने,भडाकुढा तथा हतियार बनाउने,टोल गल्ली सरसफाइ गर्ने, खेतबरिमा अधियामा काम गर्ने आदि इत्यादी तल्लो स्तरका काममा लधाइएका यिनिहरुलाई, कथित ठुलो जातसँग बराबरी गराउन हुन्न भन्ने कुन्ठित मानसिकताको पराकाष्ठा नै हो । नत्र नेपाल सरकारले दलितकै लागि छुट्टाइएको आरक्षण कोटा किन कहिले भरिदैन? किन समुदाय शिक्षाको न्यानो ज्योतिले झलमल हुदैन? किन पिडा दमन उत्त्पिडन सहेरै बस्छ्न,किन आफ्नो हक र अधिकारको लागि बोल्न सक्दैन?

पक्कै पनि यस्ता घटना दिन प्रतिदिन बढ्दै जानू भनेको शोसितहरुको आवाज कसैले नसुनिदिनु र शोषकहरु आफ्नो क्रुर मानसिक्ताबाट बाहिर निस्कनु नसक्नु नै हो। आजपनि समाजले दुई फरक जात कहलिएका ब्यक्तिहरुको सम्बन्भ पटक्कै स्वीकार गर्दैन जब कि सृष्टिकर्ताले संसारमा मात्र दुई जात जन्माएका छन, एक महिला र अर्को पुरुष । तर मानबताको धर्मलाइ कुल्चिएर अमानविय दानबरुपी स्वरुपमा उत्रिहाल्छन, अबिबेकी मानवरुपि दानवहरु । नमराज बिक र सुस्मा ठकुरीमल्लबिच केबल प्रेम थियो ,बिश्वास थियो, जिन्दगीको हरेक मोडमा हासिखुसी सङै रहने एउटा सपना थियो , उनीहरु प्रेम भन्दा अगाडि कुनै जात हुन्न कुनै घर्म हुन्न भन्ने मानसिकतामा कुसंस्कार र कुपरम्पराको खोक्रो समाजलाइ लत्याएर मायाको घर बसाउन चाहान्थे र यहि चहाना नै नमराजको लागि मृत्युबरण गर्ने कारण बन्न पुग्यो। कथित उपल्लो जातकि धनी केटिसँग प्रेम गर्नुको मुल्य आफ्नो जीवन तिलान्जलि दिदै चुकाउन पर्यो,चरम यातना,चोट,कुटाइ खायर अन्तत त भेरीको भेलमा जीवन उत्सर्ग पर्यो । तेति खेर नमराजको लास मात्र बगेको थियन, सँगसँगै गरिब दुखी आमाको एउटा मात्र बुडेस्कालको साहारा पनि बगेको थियो,उसका दिदी बहिनीका ममता र आसाका आँसु बगेको थियो, देशको एक कर्मठ बलिया साहसी युबा बगेको थियो । उपल्लो जात कहलिनेको खोक्रो औकातले बगाउदै थियो,आडम्बरको भेलले थैथै पार्दै थियो, दलित सानो जात भएर ठुलो जातकि केटिमा आँखा लगाउने भन्ने अहंकारले बगाउदै थियो ।

Advertisement

त्यस्तै जातिय बिभेद र उत्पिडनका घटना खोल्दै गर्दा रुपन्देहीको अङना पासीको घटना पनि कम मर्माहत छैन । १३ वर्षिय दलित बालिकालाई २५ वर्षिय पुरुषले बलात्कार गर्दा समाजबाट उक्त बालिकाको न्यायको लागि उक्त पुरुषकै श्रीमती बनाइ पठाइदिएको घटना झन मुटुमा चसक्क घोच्ने खाल्को छ । के नेपालको कानुन ठुला अनि पहुच भएकाहरुको लागि मात्र हो ? समाजले यत्ति पनि आकलन गर्न सकेनन कि बलात्करिलाई सजाय दिनु पर्छ भनेर, के १३ वर्षिय बालिका कसैको श्रीमती बनेर जान सक्छिन,नेपालको कानुनमा १३ वर्षिय बालिकालाई बिबाह गर्न मिल्ने नियम छ ? यस्ता घटनाले ती साना कलिला मस्तिष्कलाई कस्तो असर पर्ला ? यिनका फक्रदै गरेका अङ्ले पुरुषत्तोको घिन लाग्दो उत्तेजनालाई थेग्न सक्लान ? सोच्दा पनि घिन लाग्ने निर्णय,एउटा अबोध बलिकाको न्यायको लागि अरे । बलत्कारिलाई पटकपटक बलात्कार गर भनेर प्रोत्साहन गर्नको लागि यस्तो न्यायको नाममा अमानवीय धब्बा लगाएको हामी सजिलै बुज्न सक्छौ। अन्तत ती दलित कहलियकी अबोध बालिकाले पनि उच्च महत्व्कान्छी ,बिभेद्कारी,सामन्ति समाजको अगाडि ज्यानको बाजि चडाइ यो संसारबाट बिदा भइन ।
नेपालमा वि.स. २०६८ सालमा नै जातिय छुवाछूत विरुद्धको ऐन बनिसकेको छ । जातिय छुवाछूतबिरुद्द कानुन बनेको एक दशक हुन लाग्दा पनि नेपालमा यस्ता घटना घटिरहनु र यस्ता पिडितको समस्या सुनुवाई नहुनु निकै निराश लाग्दो र लाज मर्दो कुरो हो । दलित समुदयलाई गैर दलितहरुले हेयको दृस्टिकोणले हेरिनु र उनिहरुलाई कहिले अगाडि बड्न प्रोत्साहन र सहयोग नगरिनु सामन्तबादको प्रतीक हो । २०६८ सालको जनगणना हेर्ने हो भने नेपालको कुल जनसंख्याको १३ प्रतिशत दलितहरु रहेका छन । जतिनै आधुनिक बैज्ञानिक युगमा समाज दौडे पनि नेपालले दलितहरुलाई हेर्ने नजर बदल्न सकेको छैन । आजसम्म पनि दलित समुदाय समाजमा अछुतो नै छ । अत दलित शब्दले केबल यौटा जात लाई मात्र नभै सीमान्तकृत ,अल्पसंख्यक ,पिछडिएका ,बर्गलाइ समेत प्रतिनिधित्व गरेको छ । स्वास्थ ,शिक्षा ,रोजगार ,राजनिती हरेक क्षेत्रमा यो समुदाय पछाडी रहदै आएको छ । २०६८ साल कै तथ्यांक अनुसार उच्च शिक्षासम्म अध्यन गर्ने दलितको संख्या २.९ प्रतिशत रहेको छ । जबकि गैर दलित अन्तरगत ब्राह्मण छेत्री ७३.८ र र जनजाति २२ प्रतिशत रहेको छ । यसैगरि दलित समुदायको प्रतिब्यक्ती औसत आयण् हाराहारीमा १२ हजार रुपैयाँ छ भने गैरदलित समुदायको ३८ हजार रुपैयाँ हाराहारीमा रहेको छ । यस्तो तथ्यांकलाई विष्लेसण गर्ने हो भने हामी सजिलै दलितको अहिलेको अबस्था बारे बुझन सक्छौ, समाजमा उनिहरुको अबस्था कस्तो छ, उनिहरुको जीवन शैली कस्तो होला,किन राज्यले दलित समुदाय उत्थानका लागि अनेकन प्रयास गर्दा पनि समुदायमा दलित किन अगाडि बढन सकेनन् भनेर चिन्तन गर्ने हो भने, पहिलो नम्बरमा समुदायले दलितहरुलाइ समुदायको अङ्गको रूपमा स्वीकार गर्ने नसक्नु नै आउँछ ।

परापुर्ब कालदेखि ठुला बडाको घरमा दास ,लुगा सिउने,जुत्ता सिउने,भडाकुढा तथा हतियार बनाउने,टोल गल्ली सरसफाइ गर्ने, खेतबरिमा अधियामा काम गर्ने आदि इत्यादी तल्लो स्तरका काममा लधाइएका यिनिहरुलाई, कथित ठुलो जातसँग बराबरी गराउन हुन्न भन्ने कुन्ठित मानसिकताको पराकाष्ठा नै हो । नत्र नेपाल सरकारले दलितकै लागि छुट्टाइएको आरक्षण कोटा किन कहिले भरिदैन? किन समुदाय शिक्षाको न्यानो ज्योतिले झलमल हुदैन? किन पिडा दमन उत्त्पिडन सहेरै बस्छ्न,किन आफ्नो हक र अधिकारको लागि बोल्न सक्दैन? किन तिनका अवाज सुनिदैन? किन तिनका समस्या सम्बोधन हुदैनन? यस्ता धेरै प्रस्न हरुको जबाफ खोज्न जरुरी छ । र आजको युगसम्म पनि पुर्खौउली पेसामा अल्झिएर कम आयस्रोतको कारण गरिबीकै रेखा मुनि रहेका समुदायले आफ्ना सन्ततीलाई उचित लालन पालन,रेखदेख ,शिक्षादिक्षा दिन नसकेकै कारण समाजले तल्लो दर्जा भनी अगाडि बढन नदिदा हामीले उल्टै परिणाम भोग्नु पर्छ, हत्या हिंसा ,असामजिकता अनि द्वन्द्व ।

परापुर्व कालमा पेसाको आधारमा जातीय विभाजन गर्नु त्यो बेलाको समय अनुकुल शासन व्यवसथा थियो तर आजको समयमा कानुन व्यवस्था बमोजिम समाजको मानसिकता परिवर्तन हुन जरुरी छ । किनकि आजका मान्छे परिवर्तनका लागि जन्मिएका हुन। कोही पनि व्यक्ति दास बन्नकै लागि, अपहेलित र अछुतो बन्नकै लागि जन्मिएका हुदैनन। मानव जीवन प्राप्त गरे पछि साधारण जीवन व्यतीत गर्न पाउनु पर्छ नत्र किन जन्माउनु? नेपालको संविधानको धारा २४ ले छुवछूत तथा भेदभाबविरुद्धको हकको व्याख्या गरेको छ । कुनै पनि व्यत्तिकोलागि निजको उत्पत्ति,जातजाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्व्जिक स्थान मा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन।त्यस्तै धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । धारा १७मा स्वतन्त्रताको हक,धारा १८ मा समानताको हक,जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव विरुद्दको हक, धारा द्दढमा शोषण विरुद्धको हक,र धारा द्धण् मा दलितको हक भनेर दलितलाई समानुपातिक समावेशी सिद्दान्तअनुसार समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभगिताको लागि विशेष कानुनी ब्यबस्था रहेको छ ।

पछिल्लो पूर्व रुकुम र रुपन्देहीको घटनाका पीडित परिवारलाइ केही आर्थिक क्षतिपूर्ति दिलाई केस रफादफा गर्न दिनुहुन्न । किनकि जीवनको कुनै मूल्य हुँदैन। यस्तो घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानुनको दायरामा ल्याउन नसक्नु पक्कै पनि सामन्तबाद, नश्लबाद, अहङ्कारी,व्यभिचारी मनस्थितिको उदाहरण हो ।उपल्लो जातको प्रेमिकासंग विवाह गर्ने प्रयासमा जिन्दगी नै गुमाउनु पर्ने शासन व्यवस्था देशकै सुरक्षाको निम्ति घातक हो। नेपालको संविधान र कानुनको व्यवस्थाको बलात्कार हो । सामन्तबाद शब्दले मात्र होइन,मन मस्तिष्क व्यबहारबाट हटाइ अहङ्कारी ,उच्च महत्वकाँक्षी नश्लबादी,विभेदकारी,सोचहरु कुल्चिएर सामाजिक एकता र राष्ट्रियहित, संविधान रक्षाका निम्ति उठ्नु पर्छ।अब पनि हामी कालो र गोरो वर्ण,चुच्चे र थेप्चे नाक,धोती र टोपी, टुप्पी र दारहि अनि धनी गरीब बीच नै लडिरहेमा हाम्रा सन्ततिले के सिक्लान,उनीहरुले समाजलाई कस्तो दिशा मा दहोराउछ्न होला।विचार गरौं त एक छिन् ।

त्यसैले फेरि पनि नेपालमा जातीय द्वन्द हुन नदिन,जातीय क्रान्तिको नाममा रगतका खोला बग्नबाट रोक्ने हो भने, यस्ता घटनामा अपराधीलाई कानूनको दायरामा ल्याउन सबैले सहयोग गर्नु पर्छ। मृतकलाइ सहिद घोषणा गरेर,परिवार लाई उचीत क्षतिपूर्ति दिनु पर्छ।हत्यारा अपराधीलाई खोजी खोजी प्रचलित कानून अनुसार हदै सम्मको सजाय दिलाउनु पर्छ ।तब मात्र मृतक को आत्मा ले शान्ति पाउने छन् ।

लेखक वेगम समसामयिक विषयमा कलम चलाउँछिन् ।

लेखकसँग सम्बन्धित थप समाचार

इदुल फित्रको विशेषता र कोरोना प्रकोपमा ईद

प्रतिक्रिया