स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग

विदुर खबर २०८२ कार्तिक २० गते २१:१६

नुवाकोट । स्वर्गीय नन्द कुमारी पराजुलीको स्मृतिमा भूमेदेवी आधारभुत विद्यालयलाई विविध सहयोग गरिएको छ ।

Advertisement

तारकेश्वर गाउँपालिका वडा नम्बर ५ निग्लेनीमा रहेको भूमेदेवी आधारभुत विद्यालयलाई समाजसेवी उमानाथ पराजुलीले आफ्नो दिवंगत धर्मपत्नी नन्द कुमारी पराजुलीको स्मृतिमा विभिन्न सामाग्री उपलब्ध गराएका छन् ।

पराजुलीले विद्यालयमा आवश्यक पर्ने बालमैत्री डेस्क बेञ्च, राउण्ड बालमैत्री डेस्क बेञ्च, बालमैत्री चिप्लेटी, बालमैत्री पिङ र एक थान बालमैत्री ढिकीच्याउ÷चाकाचुली निर्माण गरिदिएको विद्यालयका प्रध्यानाअध्यापक नवराज न्यौपानेले जानकारी दिए ।

Advertisement

उनले विद्यालयमा विद्यार्थीहरुलाई आवश्यक शैक्षिक तथा खेलकुद सामाग्रीहरु प्राप्त भएको भन्दै सबैप्रति आभार व्यक्त गरे ।

त्यस्तै विद्यालयको लागि आवश्यक सहयोग संयोजन गर्नेमा खगेन्द्र प्रसाद पोखरेल, यशोदा पराजुली, निर्मला पराजुली र सन्जिता पराजुली रहेका छन् ।

Advertisement

पराजुलीले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक शैक्षिक तथा स्टेसनरी सामाग्रीहरु सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार ।

भूमेदेवीका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण

भूमेदेवीमा अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रम सम्पन्न



प्रतिक्रिया